लुम्बिनीको जित, अनिलले लिए ४ विकेट | Khabarhub Khabarhub

लुम्बिनीको जित, अनिलले लिए ४ विकेट


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश सुखद् सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदनमा भएको खेलमा लुम्बिनीले ७७ रनको जीत हात पारेको हो।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको लुम्बिनीले प्रदेश २ सामु २ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

तर, उक्त लक्ष्य पछ्याएको प्रदेश २ ले ४२.४ ओभरमा सबै विकेट गुमाएर १सय८० रन मात्रै बनाउन सक्यो।

आफ्नो पहिलो खेलमा पराजित भएको प्रदेश २ का लागि विवेक यादवले अर्धशतकिय इनिङ्स खेले। उनले ४८ बलमा ३ छक्का र ३ चौकाको मद्दतले ५१ रन बनाए। यस्तै प्रदेश २ का लागि सुधिर चौधरीले ४२ रन, महेबुब आलमले ३१ रन, हरिशंकर शाहले २२ रन बनाए ।
प्रदेश २ विरुद्व अनिल खरेलले उत्कृष्ट बलिङ गरे। जसमा उनले १० ओभरमा २ मेडन ओभरसहित २४ रन खर्चेर ४ विकेट लिएका हुन्। यस्तै, विक्रम भुषाल र दिपेन्द्र रावतले समान २/२ विकेट लिए भने कृष्ण कार्की र अमित तामाङले १/१ विकेट लिए।

यसअघि पहिलो ब्याटिङ गरेको लुम्बिनीका लागि सन्दीप रजालीले र सौरभ खनालले अर्धशतकीय इनिङ्स खेले । सन्दीपले ८३ रनको योगदान दिदा सौरभले ५६ रन बनाएका थिए ।
यस्तै बिक्रम भुसालले ३६ रन बनाएका थिए । सन्दीप सुनार ११ रनमा आउट हुँदा कप्तान कृष्ण कार्कीले १० रन जोडेका थिए ।

प्रदेश-२ का हरिशंकर साहले ३ विकेट लिए । त्यस्तै दिब्यान्सु मल्लिकले २ विकेट लिएका थिए ।
समूह बी मा रहेको लुम्बिनीले २ अंक जोडेको छ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ४ : १३ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला