बालिका करणी गर्ने अभियुक्तलाई २० वर्ष कैद | Khabarhub Khabarhub

बालिका करणी गर्ने अभियुक्तलाई २० वर्ष कैद


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ ।

अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २० वर्ष कैद र रु ५० हजार क्षतिपूिर्तको फैसला गरेको हो । श्रेष्ठलाई जिल्ला अदालत भोजपुरका न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले कैद र क्षतिपूर्तिको फैसला गरेको हो ।

त्यस्तै अदालतले सोही घटनामा संलग्न बालिकालाई ललाइफकाई केशरको घरसम्म लैजान सहयोग गर्ने सुनसरी इटहरी उपमाहानगरपालिका– २ भुल्केका खेमराज दमाइँलाई पाँच वर्ष कैद सजाय सुनाएको छ ।

सुन्दासले २०७६ साल भाद्र ८ गते भोजपुर नगरपालिका–१२ टक्सार कोटडाँडास्थित आफ्नै घरको कोठामा लगेर बालिकालाई जबर्जस्ती करणी गरेको कसुरमा प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई पीडित परिवारको उजूरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ४ : ५३ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर