भिभोको वाई ५१ स्मार्टफोन बजारमा, मूल्य ३३ हजार ४९९ सय | Khabarhub Khabarhub

भिभोको वाई ५१ स्मार्टफोन बजारमा, मूल्य ३३ हजार ४९९ सय


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्मार्टफोन ब्रान्ड भिभोले नयाँ स्मार्टफोन भिभो वाई ५१ नेपाली बजारमा उपलब्ध गराएको छ ।

युवापुस्तालाई लक्षित गरिएको वाई सिरिजको उक्त नयाँ स्मार्टफोनमा विभिन्न एपहरुको सहज प्रयोगको लागि ८ जीबीको र्‍याम रहेको छ । एआई ट्रिपल क्यामेरा सेटअप रहेको नयाँ वाई ५१ मा ४८ मेगापिक्सेल रियर क्यामेरालगायतको विशेषता रहेको कम्पनीले जनाएको छ ।

भिभो वाई ५१ मा ५ हजार एम्पीएरको ब्याट्रीको साथमा १८ डब्लू फास्ट चार्जर प्रविधि रहेको जनाइएको छ ।

भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत मार्स भन्छन्, ‘‘प्रत्येक नयाँ फोन भित्र्याएसँगै भिभोले शक्तिशाली मेमोरी, बलियो प्रोसेसर, दीर्घायु ब्याट्री र उत्कृष्ट क्यामेरा भएका आकर्षक डिजाइका अभिनव स्मार्टफोनहरु विभिन्न मूल्य दायराहरुमा ल्याइरहेको छ । वाई ५१ को साथमा नेपाली युवाको सार र सबै विशेषता रहेको स्मार्टफोनको प्रगतिशील आवश्यकता समेट्दै वाई सिरिजलाई बढाउँदै छौँ ।’’

यो स्मार्टफोनको स्थानीय बजार मूल्य ३३ हजार ४९९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ३ : ३० बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी