एन्फा साधारणसभा चल्दैछ, बाहिर पर्चा फालिँदैछ ! | Khabarhub Khabarhub

एन्फा साधारणसभा चल्दैछ, बाहिर पर्चा फालिँदैछ !


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अखिल नेपाल फूटबल संघ(एन्फा) को साधारणसभा सुरू भइरहँदा भक्तपुर जिल्ला फूटबल संघ आन्दोलन गरिरहेको छ।

मंगलबार ललितपुरको एक होटलमा साधारणसभा सुरू भइरहँदा सभाहलमा पत्र छाडिएको थियो। जसमा लेखिएको छ,`एन्फाको साधारणसभामा सहभागी सम्बन्धमा´।

उक्त पत्र एन्फाको कार्यसमितिबाट बर्खास्त गरिएको जिल्ला फूटबल संघका अध्यक्ष गौतम सुजखुले हस्ताक्षर गरेका छन्।

उनले १९ औँ साधारणसभामा एन्फाले जिल्ला संघलाई आमन्त्रण नदिएको भन्दै आक्रोश पोखेका छन्। एन्फाले उनको नेतृत्वको कार्यसमितिलाई बर्खास्त गरेपछि बनाएको तदर्थ समिति गठनमा एन्फा विधानले नदिँदा जारी साधारणसभामा तत्कालीन जिल्ला कमिटीले सहभागी हुन पाउनुपर्ने माग राखेका छन्।

सुजखुको नेतृत्वको टिमलाई एन्फाले विघटन गरेपछि एन्फाले तदर्थ समिति बनाएको थियो। तर, त्यसले पनि पूर्णता पाउन सकेको छैन। यसैबीच सुजखु नेतृत्वले जिल्ला अदालत भक्तपुरमा एन्फाको निर्णयविरुद्व उजुरी दिएको छ। जसको सुनुवाइ भएको छैन।

मुद्दा अदालतमा विचाराधीन रहँदा आफ्नो नेतृत्वको जिल्ला समितिले साधारणसभामा सहभागी हुन पाउनु पर्ने भन्दै सभाहलमा पर्चा फालिएका थिए ।

 

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  २ : ५९ बजे

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

भात नै पोखिएपछि माडको के आस ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट