आर्यन र उपासनाको फिल्म ‘डिसेम्बर फल्स’ फ्लोरमा | Khabarhub Khabarhub

आर्यन र उपासनाको फिल्म ‘डिसेम्बर फल्स’ फ्लोरमा


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले मंसिरको अन्तिम साताबाट फिल्म छायांकनका लागि अनुमति दिएपछि फिल्म निर्माताहरु फिल्म छायांकनमा जुटिरहेका छन् ।

यसैबीच कोरोना भाइरसका कारण छायांकन रोकिएको फिल्म ‘डिसेम्बर फल्स’ फ्लोरमा गएको छ । यो फिल्ममा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको शीर्ष भूमिका रहनेछ ।

निर्माण टिमले आइतवार पोखराको बिन्दबासिनी मन्दिरमा फिल्मको शुभमुहूर्त गरेको हो ।

निर्माता लक्ष्मण रिजालका अनुसार फिल्मको केही दृश्य पोखरामा खिचिनेछ । त्यसपछि मुस्ताङका दृश्य खिचिनेछ ।

फिल्ममा सलोन बस्नेत, शिवहरि पौडेल, दयाराम दाहाल, नरेश भट्टराई लगायतका कलाकारको समेत अभिनय रहने जनाइएको छ ।

यो फिल्मको छायांकन महेश आर गुप्ताले गर्नेछन् भने विपिका खनालले कथा तयार पारेकी छिन् ।

यस्तै प्रविण झाले निर्देशन गर्ने यो फिल्ममा उमेर अन्तरका युवायुवतीबीचको प्रेम देखाइनेछ ।

 

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  २ : ०६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र