अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण परम्परा | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण परम्परा



महामारीका कारण यसपटक अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण कार्यक्रममा सहभागी हुने मान्छेको संख्यामा केही कमी हुनेछ । हालै राजधानी वासिंटनमा भएको हिंसाका कारण सुरक्षा व्यवस्था कडा हुनेछ । यसका बाबजुद अमेरिकाको ४६औँ राष्ट्रपतिका रूपमा जो बाइडनको शपथ ग्रहण समारोह भव्य हुनेछ ।

धेरै मानिस जम्मा हुने राष्ट्रिय मलजस्ता भवनहरू बन्द गरिनेछन् । यसबाट अनावश्यक भिड कम हुनेछ । निर्वाचन अस्वीकार गरेका ट्रम्पका समर्थक मानिसहरूलाई नियन्त्रण गर्न करीब २० हजार राष्ट्रिय सुरक्षा फौज तैनाथ गरिनेछ ।

यस्तो गर्दै गर्दा मानिसलाई ट्रम्पको असफल कार्यकाल बिर्सिन भने दिइने छैन । एफबीआईले अमेरिकाको ५० राज्यमा नै हतियारसहित प्रदर्शन नगर्न चेतावनी दिइसकेको छ । यातायात सुरक्षा प्रशासनले हतियारसहितको ब्याग लिएर हिँड्न बन्देज लगाएको छ ।

असामान्य भए पनि यो शपथग्रहण समारोह नै हुनेछ । कुनै पनि खालको सामाजिक भेला, शपथ ग्रहण भोज यी कुनै पनि व्यवस्था संविधानमा उल्लेख गरिएको छैन ।

त्यति बेलासम्म, छिट्टै भूतपूर्व हुँदै गरेका राष्ट्रपति वासिंटनमा नयाँ राष्ट्रपतिको शपथग्रहण सत्रमा सहभागी हुनुभन्दा फ्लोरिडा प्रस्थान गरिसक्नेछन् । शपथग्रहण सत्रमा ठूलो मात्रामा सामाजिक भेला गर्नुको सट्टा टीभी कार्यक्रमको आयोजना गरिनेछ जो टम ह्याङ्कसले सञ्चालन गर्नेछन् ।

असामान्य भए पनि यो शपथग्रहण समारोह नै हुनेछ । कुनै पनि खालको सामाजिक भेला, शपथ ग्रहण भोज यी कुनै पनि व्यवस्था संविधानमा उल्लेख गरिएको छैन ।

सबैभन्दा महत्वपूर्ण नयाँ राष्ट्रपतिले शपथ ग्रहण गर्नुपर्छ । इलेक्टोरल भोटको गणना भइसकेको छ । अब बाइडनले जनवरी २० को अपराह्न संविधानमा लेखिएको शब्दको उच्चारण गर्नुपर्छ ।

‘म दृढतापूर्वक शपथ लिन्छु (अथवा पुष्टि गर्छु) कि म इमानदारीपूर्वक अमेरिकी राष्ट्रपतिको हैसियतमा कामकारबाही गर्नेछु, म अमेरिकी संविधानको सरक्षण र सम्बद्धनका लागि आफ्नो क्षमताले सकेको गर्नेछु ।’

नयाँ राष्ट्रपतिको शपथ

सामान्यतया अमेरिकी सर्वोच्च अदालतका प्रधान न्यायाधीशले शपथ ग्रहण गराउँछन्, तर यो प्रथा हो, अनिवार्य आवश्यकता होइन । प्रधान न्यायाधीश छैनन् भने उनको सट्टामा अर्को न्यायाधीशले शपथ ग्रहण गराउन सक्छन् ।

केल्विन कसलिज (अमेरिकाका ३०औँ राष्ट्रपति) का पिता जो एक शान्तिका न्यायामूर्ति थिए । उनले हार्डिग कीको निधनपछि आफ्नो छोरालाई आफ्नै परिवारको एक कक्षामा शपथग्रहण गराएका थिए ।

राष्ट्रपतिलाई शपथ ग्रहण गराउने एकमात्रै महिला सारा स्युजेस हुन् जो टेक्सासमा संघीय न्यायाधीश थिइन् । उनलाई जोन अफ केनेडीको हत्यापछि लिन्डन बी जनसनलाई राष्ट्रपतिको शपथ ग्रहण गराउन बोलाइएको थियो ।

राष्ट्रपतिका हातमा बाइबलमा

धेरै जस्तो राष्ट्रपतिले बाइबलको प्रयोग गर्छन् । ओबामाले दुई वटा बाइबलको प्रयोग गरेका थिए । यो चलन हो नियम होइन । थिओडोर रुजवेल्टले बाइबल प्रयोग नै गरेका थिएनन् ।

शपथ ग्रहण समारोहलाई सम्बोधन

प्राविधिकरूपमा भन्दा शपथ ग्रहण समारोहलाई सम्बोधन नै गर्नुपर्छ भन्ने छैन । यद्यपि राष्ट्रपतिमा निर्वाचित सबै जनाले सम्बोधन गरेका छन् । केहीको छोटो हुन्छ (जर्ज वासिंटनको १३५ शब्दको सम्बोधन थियो), केहीको लामो (विलियम हेनरी ह्यारिसनको ८ हजारभन्दा बढी शब्दको सम्बोधन थियो ।

समस्या के छ भने यति लामो सम्बोधन गर्दै गर्दा उनलाई चिसोले समातेका कारण एक महीनापछि उनको निमोनियाका कारण निधन भयो) । यो एक नयाँ राष्ट्रपतिका लागि आफ्नो एजेण्डाका निभ गाड्ने अमूल्य प्रथा हो ।

शपथ ग्रहण समारोहका राम्रा भाषण

अब्राहम लिंकन निर्वाचित भएपछि राज्यहरू अलग हुन थाले जसले गर्दा उनले आफ्नो शपथ ग्रहण भाषणबाट देशलाई एकजुट हुन आग्रह गरेका थिए । उनी दोस्रो पटक राष्ट्रपति हुँदा र आफ्नो हत्या हुनुअघि रक्तपात पूर्ण गृहयुद्धबाट देशलाई जोगाउन गरेको सम्बोधनमा ‘कसैप्रति वैरभाव नराखी सबैसँग समभाव राखिने’ भनिएको थियो ।

टेडी रुजबेल्टले प्रजातन्त्र अमेरिकीका लागि मात्रै नभएर सम्पूर्ण मानवजातिका लागि भएको कुरा आफ्नो सम्बोधन भनेका थिए ।

फ्रेंकिलन डी रुजबेल्टले अमेरिकीहरू ‘डरसँग मात्रै’ डराउनुपर्ने बताएका थिए । जोन अफ केनेडीले आफूले देशका लागि के गर्न सक्छु भनेर सोच्नुपर्छ भनेका थिए । रोनाल्ड रेगनले ‘सरकार सबै समस्याको समाधान होइन, आफैँ समस्या हो’, भनेका थिए ।

राष्ट्रपतिमा निवार्चित भएपछि शपथ ग्रहणका क्रममा ट्रम्पले ‘अमेरिकाबाट नरसंहार’ समाप्त गर्ने दाबी गरेका थिए । तर, अमेरिकी प्रहरीले क्यापिटल हिललाई हिंस्रक भिडबाट छुट्कार दिलाउन परेपछि अब हामी यो मान्न बाध्य छौँ कि ट्रम्प आफ्नो वाचामा असफल भएका छन् ।

बाइडनले के भन्लान् ?

यो कुरामा विशेष ध्यान दिनुपर्छ कि बाइडनले आफू पूर्वका राष्ट्रपतिको सन्दर्भलाई कसरी लिन्छन्, जसले केही समयमै महाभियोग खेप्दै छन् ।

यो वर्ष केही फरक हुन्छ ?

धेरै नै फरक हुनेछ । बाइडनले वासिंटन विल्मिङ्टन, डेलावेयर जहाँ उनको नाममा रेलको नाम राखिएको छ । त्यहाँबाट एमट्रेक (एक प्रकारको रेल) मा आएर केही संकेत दिने योजना बनाएका थिए ।

यो वर्ष क्यापिटल हिलबाट वासिंटनसम्म कुनै सार्वजनिक परेड आयोजना गरिएको छैन । त्यसको सट्टामा भर्चुअल परेडको व्यवस्था गरिएको छ । यसमा देशभरबाट सर्वसाधारण मानिसहरू समारोहमा सरिक हुन पाउनेछन् ।

यो त्यो दिनको प्रमाण हुने थियो जुन बेला उनी एक सिनेटर हुने गर्थे र आफ्ना बच्चाहरूलाई भेट्न रेलबाट ओहोरदोहोर गर्थे । त्यो अहिले बन्द छ । उनी त्यो दिन होटेलमा होइन ह्वाइट हाउसनजिक रहेको ब्ल्ययर हाउसमा बस्नेछन् ।

सामान्यतया, कंग्रेसका सदस्यले टिकट आफ्नो इच्छाअनुसार कति जनालाई बाँड्ने भनेर निर्णय गर्न पाउँछन्, तर यो वर्ष उनीहरूले एकमात्रै अतिरिक्त टिकट पाउनेछन् । सर्वसाधरणलाई शपथ ग्रहण समारोहबाट टाढै बस्न अनुरोध गरिएको छ । राष्ट्रिय सभाहल बन्द गरिनेछ ।

यो वर्ष क्यापिटल हिलबाट वासिंटनसम्म कुनै सार्वजनिक परेड आयोजना गरिएको छैन । त्यसको सट्टामा भर्चुअल परेडको व्यवस्था गरिएको छ । यसमा देशभरबाट सर्वसाधारण मानिसहरू समारोहमा सरिक हुन पाउनेछन् ।

शपथ ग्रहण समारोह सामान्यताया धेरै हुने गर्छन् जहाँ नयाँ राष्ट्रपतिले धेरै जसो समरोहमा छोटै समयका लागि भए पनि आफ्नो उपस्थिति जनाउँछन् । यसपटक यी सबै कार्यक्रमलाई टीभी कार्यक्रमले विस्थापन गर्नेछ । टीभी कार्यक्रममा चर्चित व्यक्तिहरू जस्तै ह्याङ्कस, जस्टिन टिम्बरलेक उपस्थित हुनेछन् । यो धेरै हदसम्म कोभिड समारोहजस्तो हुनेछ ।

शपथ ग्रहण समारोहमा उपस्थिति

धेरै जस्तो वशिष्ठ व्यक्तिहरू, मन्त्रिपरिषदका नयाँ अनुहार र बिदाइ हुँदै गरेका अनुहार, विधायकहरू र सर्वोच्च अदालतका न्यायाधीसँग विदाइ हुँदै गरेका उपराष्ट्रपति माइक पेन्च समारोहमा उपस्थित हुनेछन् ।

यो समारोहमा ट्रम्प भने उपस्थित हुने छैनन् । राष्ट्रपतिले आफ्नो शक्ति हस्तान्तरण नगर्ने यो विरल घटना हो ।

जेनेफर लोपेज र लेडी गागाले समारोहमा थप रैनक ल्याउने छन्, जुन संयुक्त राज्य क्यापिटोलको पश्चिमतर्फ आयोजना हुनेछ । जनवरी ६ मा भएको दङ्गाका कारण समारोहमा धेरै मानिसको उपस्थिति हुने छैन । यहाँ याद दलाउन जरुरी छ कि यो नयाँ प्रशासनको विलक्षण सुरुवात हुनेछ ।

शपथग्रहणमा शहर लकडाउन

लिंकनको हत्यापछि एन्ड्र्य जोनसोन अमेरिकाका राष्ट्रपति हुँदा द न्युर्योक टाइम्सका अनुसार शहर बाहिरको यात्रा निधेष गरिएको थियो । यस पटक पनि शहरको अवस्था त्यस्तै हुनेछ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ८ : ३४ बजे

शुल्क तिर्न बाध्य भए विद्यार्थी 

पाल्हीनन्दन– पश्चिम नवलपरासीका सामुदायिक तथा संस्थागत विद्यालयले दलित विद्यार्थीलाई शुल्क

चुरे पहाडका अधिकांश वनमा डढेलो

गोदावरी– कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाअन्तर्गतका अधिकांश

परियोजनामा सम्झौता टर्दै, तर अर्थमन्त्री भन्छन्‌ – ‘लगानी सम्मेलन सफल भयो’

काठमाडौं – अर्थमन्त्री एवम् लगानी बोर्ड उपाध्यक्ष वर्षमान पुनले लगानी

महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग

काठमाडौं– काठमाडौं महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, आरोपित वृद्ध पक्राउ 

भक्तपुर– भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक