महामन्त्री थापा निधि निवासमा, प्रदेश २ को प्रदेश अधिवेशनबारे छलफल | Khabarhub Khabarhub

महामन्त्री थापा निधि निवासमा, प्रदेश २ को प्रदेश अधिवेशनबारे छलफल


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापा सभापतिमा पराजित नेता विमलेन्द्र निधिलाई भेट्न उनकै निवास बानेश्वर पुगेका छन् । उपसभापतिमा पराजित नेता चन्द्र भण्डारी र महामन्त्री थापा शनिबार साँझ निधि निवास पुगेका हुन् ।

भेटमा प्रदेश २ को प्रदेश अधिवेशनबारे छलफल भएको निधि निकट स्रोतले जनायो । महामन्त्रीमा विजयी थापालाई बधाई दिँदै निधिले प्रदेश २ को अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा छलफल गरेका थिए । निधिले रामसरोज यादवलाई सभापतिमा समर्थन गर्न प्रस्ताव गरेका थिए ।

यो विषयमा आइतबार फेरि छलफल हुने बताइएको छ । प्रदेश २ मा यही पुस ६ र ७ गते प्रदेश अधिवेशन गर्ने तयारी छ । प्रदेश २ मा निधिका रामसरोज यादव, देउवा समूहका कृष्ण यादव र कोइराला निकटका रञ्जित कर्णले उम्मेदवारी घोषणा गरेका छन् । तर कर्ण सहमहामन्त्रीको उम्मेदवार बनेर पराजित भएका छन् । उनले मतदान हुनु अगाडि उम्मेदवारी फिर्ता लिएको बताएका थिए । तर, फिर्ता लिने समयमा उनले उम्मेदवारी फिर्ता नलिएपछि उनले पनि केही मत पाएका थिए ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ९ : २० बजे

आईपीएल : आज गुजरात र कोलकाता भिड्ने

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज गुजरात टाइटन्स र

विषादी प्रयोगबारे सचेत बन्दै किसान

कैलाली– रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

हेटौंडा– बागमती प्रदेशसभाको वर्षे अधिवेशन आज सुरु हुँदैछ । बैठक

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरोको बैठक आज बस्दैछ । पार्टीको

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने