साफ च्याम्पियनसिप : भूटानलाई पराजित गर्दै नेपाल फाइनल नजिक | Khabarhub Khabarhub

साफ च्याम्पियनसिप : भूटानलाई पराजित गर्दै नेपाल फाइनल नजिक


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यू–१९ महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाल भूटानलाई पराजित गर्दै फाइनल नजिक पुगेको छ ।

बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा आज भएको खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो । नेपालसँग पराजित भएसँगै भुटान लिग चरणबाटै बाहिरिएको छ ।

नेपालको जितमा मेनुका आले मगरले २ गोल गरिन् भने कुसुम खतिवडा र रजनी थोकरले समान १-१ गोल गरे । जितपछि अपराजित रहेको नेपालले चार खेलबाट सात अङ्क जोडेको छ । नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । अब नेपालले लिगको अन्तिम खेल भारतसँग यही पुस ४ गते खेल्नेछ ।

नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गरेको थियो । यसअघि भूटानले पहिलो खेलमा श्रीलङ्कलाई ५–० गोलले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा बङ्गलादेशसँग भूटान ६–० गोलले पराजित भएको थियो भने तेस्रो खेलमा भारतसँग ३–० गोलअन्तरले पराजित भएको थियो ।

पाँचौँमा स्थानमा रहेको श्रीलङ्का लगातार तीन खेलमा हार बेहोर्दै अङ्कविहीन छ । श्रीलङ्का उपाधि होडबाट बाहिरिएको छ । पाँच राष्ट्र सहभागी उक्त प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ६ : ३० बजे

काभ्रेमा दम्पतीको हत्या : ऋण तिर्ने पैसो जुटाउन लुटपाटको बाटो रोजेका थिए एकेन्द्रले

काभ्रेपलाञ्‍चोक – जिल्लाको महाभारत गाउँपालिका वडा नम्बर ४ तीनखुट्टेमा दम्पतीको

सभामुख र युएईका राजदूतबीच भेट, नेपाली उत्पादन निर्यातमा सहजिकरण गरिदिन आग्रह

काठमाडौं– सभामुख देवराज घिमिरेसँग संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अबदुल्ला

प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि छलफल 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा पनि ‘विनियोजन विधेयक, २०८१’ अन्तर्गत विभिन्न

मन्त्री भण्डारी र बेलायती राजदूत फेनबीच भेट, नेपाली निर्यातलाई सघाउने प्रतिबद्धता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि

एमाले सांसदले लगाए अमेरिका पुगेका क्यान पदाधिकारीमाथि भ्रष्टाचार आरोप

काठमाडौं- नेकपा एमालेका सांसद भीम आचार्यले नेपाल क्रिकेट संघ (क्यान)का