कुटपिटबाट मृत्युको घटनालाई जातीय विभेद मुद्दातर्फ मोडिँदै | Khabarhub Khabarhub

कुटपिटबाट मृत्युको घटनालाई जातीय विभेद मुद्दातर्फ मोडिँदै


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिका–४ दुर्गा चोकमा महानवमीका दिन गैरदलित दुई पुरुषको कुटाईबाट स्थानीय ५८ वर्षीय दलित समुदायका भिमबहादुर विकको मृत्यु भयो । कुटपिटमा संलग्न ४० वर्षीय सिताराम बस्नेत र ३६ वर्षीय दिलिप श्रेष्ठलाई प्रहरीले सोही दिन पक्राउ पनि गर्‍यो ।

प्रहरीले मादक पदार्थ सेवन गरी चोकमा अपशब्दसहित हो–हल्ला गरेपछि स्थानीयको कुटपिटबाट विकको मृत्यु भएको प्रारम्भिक जानकारी दिएको छ । तर दलित समुदायका विभिन्न संघसंस्थाले भने उक्त घटनालाई जातीय विभेदको मुद्दातर्फ मोड्ने प्रयास गरेका छन् । उनीहरू मृतक विक दुर्गा मन्दिरमा गएका बेला स्थानीय दुई पुरुषले कुटपिट गरि हत्या गरेको आरोप लगाएका छ ।

चितवन प्रहरीका अनुसार मृतक विक महानवमीका दिन मदिरा सेवन गरि अपशब्दसहित हो–हल्ला गर्दै दुर्गा चोकमा पुगेका थिए । अपशब्द प्रयोग गरेपछि स्थानीय सिताराम बस्नेतले विकलाई प्लाष्टिकको पाइपले हानेर लखेटेका थिए । त्यसको करिब १० मिनेटपछि अपशब्द प्रयोग गरि हल्ला गर्दै विक पुनः चोकमा पुगेका थिए ।

हत्या आरोपी दिलिपले सञ्चालन गरेको फार्मेसी अगाडी पुगेर हल्ला गरेपछि उनले पनि विकलाई एक झापड हानेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिसपी सूर्यबहादुर थापाले जानकारी दिए । मदिराले लट्ठ भएका विक एक झापडमै भुईमा पछारि र उनको टाउकोको पछाडीको भागमा चोट लागेको थियो । सुरुमा दिलिपले नै आफ्नो फार्मेसीमा विकको उपचार गर्न खोजेका थिए ।

सामान्य उपचारले नहुने देखेपछि दिलिपले नै विकलाई उपचारका लागि चितवन मेडिकल कलेज पुर्याएका थिए । अस्पताल पुगेपछि अस्पतालले विकको मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता थापाले बताए । ‘देख्ने मान्छेहरुसँग प्रारम्भिक रुपमा बुझ्दा पनि जातको कुरालाई लिएर वा मन्दिरमा पस्न नदिएको कारण घटना भएको भन्ने आएको छैन,’ थापाले भने ।

भरतपुर अस्पतालमा मृतकको शव पोष्टमार्टम गरिएको छ । अस्पतालले प्रहरीलाई पोष्ट मार्टमरिपोर्ट दिइसकेको भए पनि प्रहरीले रिपोर्ट भने गोप्य नै राखेको छ । मृतकका आफन्तहरुले शव भने बुझेका छैनन् ।

मृतकका आफन्तले जाहेरी दिएपछि प्रहरीले घटना भएकै दिन दुई जनालाई नियन्त्रणमा लिएको हो । चोकको एक पसलमा राखिएको सिसि क्यामराको फुटेज हेरेर थप अनुसन्धान भइरहेको प्रवक्ता थापा बताउँछन् । पसल सन्चालक दसैं बिदामा गएकाले उनी आएपछि मात्रै फुटेज हेर्ने उनले बताए । ‘एउटा पसलमा सिसि क्यामरा राखेको रहेछ । त्यसले घटनाको दृश्य कभरेज गरेको छ कि छैन हेर्नुपर्छ । अब पसल सन्चालक आएपछि मात्रै त्यो हेर्न सकिन्छ’, उनले भने ।

स्थानीय दलित समुदायका एक अगुवाका अनुसार मृतक विक यसअघि पनि मदिरा सेवन गरि हो–हल्ला गर्दै हिँड्थे । जातका आधारमा कुटपिट नभएको र कुटपिट गर्नेहरूमा मार्ने नियत पनि नदेखिएको उनले बताए । ‘मैले सार्वजनिक रुपमा भन्न मिल्ने अवस्था छैन । तर घटनाका हिसाबले उनीहरूको मार्ने नियत होइन । जातीय छुवाछुतको गुन्जायस पनि देख्दिन । दलितवादीले अर्कैतर्फ केन्द्रित गर्न खोजे’, उनले भने ।

दुर्गा चोकबाट करिब तीन सय मिटर दक्षिणतर्फ मृतक विकको घर छ । उनको श्रीमती, एक छोरा र तीन छोरी छन् । छोराले पेन्टिङको काम गर्दै आएका छन् । छोरीहरूको विवाह भइसकेको छ । मृतक विक स्थानीय पुराना बासिन्दा हुन् । संयुक्त दलित संघर्ष समिति चितवनले जातीय विभेदकै कारण भिमबहादुर विकको हत्या भएको भन्दै पिडकलाई कडा कारबाही गर्न माग गरेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  २ : ५७ बजे

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत

लिम्बु संस्कृति झल्किने चोःलुङ पार्क (फोटो फिचर)

तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको चोःलुङ पार्क पछिल्लो समय

कांग्रेस बागमती प्रदेशको प्रशिक्षण कार्यक्रम दोलखामा जारी

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण कार्यक्रम दोलखामा सुरु भएको

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन