३ लाख थपिँदा २ लाख ८४ हजार कोरोनामुक्त, मृत्यु कति ? | Khabarhub Khabarhub

३ लाख थपिँदा २ लाख ८४ हजार कोरोनामुक्त, मृत्यु कति ?


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख बढी कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ३ लाख एक हजार ८०७ जना संक्रमित थपिएका हुन् ।

तीमध्ये सबैभन्दा धेरै बेलायतमा ४५ हजार १४०, रुसमा ३४ हजार ३०३, टर्कीमा २४ हजार ११४, अमेरिकामा १७ हजार ९४७, भारतमा १४ हजार २८९ र ब्राजिलमा ५ हजार ७३८ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ४ हजार २३५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसमा ९९७, टर्कीमा १८६, भारतमा १६५, अमेरिकामा १६१, ब्राजिलमा १२५ र बेलायतमा ५७ जना छन् ।

२४ घण्टाकै अवधिमा २ लाख ८४ हजार ५९४ जना संक्रमणमुक्त भएका छन् ।

निको हुनेमा बेलायतमा ३६ हजार ७०४, टर्कीमा २४ हजार ४०३, अमेरिकामा २२ हजार २५२, भारतमा १९ हजार ५७८, रुसमा १८ हजार ७१७ र बेलायतमा १० हजार ५५७ जना छन् ।

योसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या २१ करोड ८६ लाख ८२ हजार ६६४ पुगेको छ भने ४९ लाख १३ हजार ९४८ जनाको मृत्यु भइसकेको छ । कुल संक्रमितको संख्या २४ करोड १४ लाख ५६ हजार ३१ जना पुगेको छ ।

 

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ७ : ३० बजे

जीब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा