सुदूरपश्चिममा थप ४६ जनामा सङ्क्रमण, एकको मृत्यु | Khabarhub Khabarhub

सुदूरपश्चिममा थप ४६ जनामा सङ्क्रमण, एकको मृत्यु


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा थप ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ९२७ जनाको नमूना परीक्षण गर्दा ४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

४६ मध्ये ४४ जनामा पीसीआर र दुई जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको छ । पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा ३८ र डडेल्धुरा अस्पतालमा छ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा दुई जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर १९ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको पुर्नवास नगरपालिकाका ५० वर्षीय पुरुष रहेका छन् । यसअघि शुक्रबार सुदूरपश्चिमका ३० जनामा सङ्क्रमण पुष्टि हुँदा १८ डिस्चार्ज भएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १० : ३० बजे

साइबर अपराधसम्बन्धी उजुरी बढे

बाँके – सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको

डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी

लसुन खेतीबाट राम्रो आम्दानी लिँदै किसान 

दोलखा– जिल्लाका किसानहरू लसुन लगायतका नगदे खेतीबाट राम्रो आम्दानी लिन

काठमाडौंमा करेन्ट लागेर युवतीको मृत्यु

काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिका-६ करेन्ट लागेर एक युवतीको ज्यान गएको