कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीलाई मिल्सबेरी स्कुलको सम्मान | Khabarhub Khabarhub

कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीलाई मिल्सबेरी स्कुलको सम्मान


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमणले मुलुकलाई आक्रान्त पारिरहेको बेला संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा बिभिन्न स्वास्थ्य संस्थालाई मिल्सबेरी स्कुलले सम्मान गरेको छ । मिल्सबेरी महोत्सवको अवसर पारेर शनिबार स्कुलले सम्मान गरेको हो ।

बिभिन्न बहानामा आउने महामारीले जनधनका साथै समाजलाई नै नकारात्मक असर गरीरहेको बेला मिल्सबेरी स्कुलले आयोजना गरेको यो कार्यक्रम प्ररणादायी भएको नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले बताए ।

उनले आफ्नो परिवारभन्दा पनि जनता सर्र्वश्रेय हुन भन्ने भावनाले यस पटकको कोरोना संक्रमण उच्च भएको बेला स्वास्थ्यकर्मीहरुले उच्च हौसालका साथ काम गरेको कारण कोरोना संक्रमणका कारण लाखौंको ज्यान जोगन सफल भएको टिप्पणी गरे ।

कोरोना सक्रमितलाई जोगाउन योगदान पु¥याए वापत नेपाली सेनाले संचालन गरेको वीरेन्द्र अस्पताल, सशस्त्र प्रहरीले संचालन गरेको एपीएफ अस्पताल, टिचिङ अस्पताल, पाटन अस्पताललाई सम्मानित गरिएको थियो भने कोरोना संक्रमितलाई अस्पताल सम्म पु¥याउने एम्बुलेन्स चालकलाई समेत सम्मानित गरिएको थियो ।

स्कुल परिसरमा सामाजिक दुरी कायम गरी संचालन गरिएको कार्यक्रममा सम्मानितहरुलाई हौसला दिन माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, क्रिकेटर पारश खड्का लगायतका सम्मानित ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्कुलका अध्यक्ष शुसील दाहालले हामीले नगरे कस्ले गर्ने भन्ने पे्ररणाबाट प्रभावित भएर समाजकालागि उदाहरणीय काम गरेका स्वास्थ्यकर्मी तथा स्वास्थ संस्थालाई सम्मान गरेको जानकारी दिए ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ८ : ५० बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको