गीतमा सुधीर र रेश्मालाई ‘पर्नु पिर पर्यो’ | Khabarhub Khabarhub

गीतमा सुधीर र रेश्मालाई ‘पर्नु पिर पर्यो’


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–डस म्युजिकको प्रस्तुतीमा रहेको रोमान्टिक गीत ‘पर्नु पिर पर्यो’को भिडियो सार्वजनिक भएको छ । डिपी खनालको शब्द, संगीत तथा स्वरमा रहेको यस गीतमा डिपीलाई स्वरमा रचना रिमालले साथ दिएकी छन् ।

सुब्रत आचार्यले निर्देशन गरेको भिडियोमा सुधीर श्रेष्ठ र रेश्मा घिमिरे फिचर्ड छन् । भिडियोमा आफ्नो समयको कलेज जीवनको सम्झना गरिएको छ ।

त्यस्तै बुढेसकालमा युवायुवतीको प्रेम देखेर आफ्नो पुरानो प्रेम कहानी सम्झना गरिएको छ । क्याम्स पढ्ने बेला युवायुवतीबीच हुने आकर्षण र त्यसको सार्थकता पुरा भिडियोमा देखाइएको छ ।

गीतकी निर्माता सदु थापा खनाल हुन् । दीपेन गौतम माइकल प्रोडक्शन डिजाइनर रहेको भिडियोका सह–निर्देशक साइब्रत आचार्य हुन् भने क्रियटिभ निर्देशक जया शर्मा हुन् ।

उत्सव दाहालको छायांकन रहेको भिडियोमा बिजेश पौडेलको सम्पादन, कलर तथा भिएफएक्स छ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ४ : ५८ बजे

इलाम २ : अन्तिम चरणमा मतगणना, सुहाङलाई फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार