म प्रधानमन्त्री हुँदा असहयोग गर्न कर्मचारीलाई निर्देशन दिइयो : ओली (भिडियो) | Khabarhub Khabarhub

म प्रधानमन्त्री हुँदा असहयोग गर्न कर्मचारीलाई निर्देशन दिइयो : ओली (भिडियो)


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले अध्यक्ष केपी ओलीले निजामती कर्मचारीले कुनै पनि सरकारलाई असहयोग गर्न नहुने बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई शिनबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले जुन पार्टीको सरकार आए पनि सहयोग गर्न अपिल गरे । तर, आफू प्रधानमन्त्री हुँदा प्रमुख प्रतिपक्षी दलका नेताले सरकारलाई असहयोग गर्न आह्वान गरेको भन्दै उनले गुनासो गरे ।

‘म प्रधानमन्त्री छँदै, नेपालका दोस्रो पार्टीले कर्मचारीहरू भेला गरे। तर त्यहाँ एकपछि अर्को नेताको निर्देशन के रह्यो भने सरकारलाई असहयोग गर भन्दै निर्देशन दिइयो। म छक्क परें, एउटा देशको नेताले सरकारलाई असहयोग गर भनेर कसरी कर्मचारीलाई निर्देशन दिन्छ ? मलाई अचम्म लाग्यो । मलाई आश्चर्य लाग्यो। तपाईंहरू त्यसो नगर्नुहोस्, जसको सरकार आए पनि नियम कानुनको परिधिभित्र रहेर काम गर्नु,’ ओलीले भने ।

उनले आफू पनि भ्रष्टाचार नगर्न र अरुलाई पनि भ्रष्टाचार गर्न नदिनसमेत दाबी गरे । आफूले दोस्रोपटक प्रधानमन्त्रीको शपथ लिएकै दिन आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने निर्णयले भ्रष्टाचारीको मतमा ढ्यांग्रो ठोकेको बताए ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ४ : ३५ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।