समाजवादी प्रेस सङ्गठन दर्ता प्रक्रियामा | Khabarhub Khabarhub

समाजवादी प्रेस सङ्गठन दर्ता प्रक्रियामा


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको छ । सङ्गठनको विधानमा १५१ केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ ।

सङ्गठनलाई प्रभावशाली ढङ्गबाट सञ्चालन गर्न केन्द्रीय समितिमा २४ पदाधिकारीको व्यवस्था गरिएको छ । केन्द्रीय समितिको एक तिहाइ सदस्यबाट सचिवालय गठन र सचिवालयको एक तिहाइ सदस्यको सहभागितामा कार्यालय सञ्चालन गरिने सङ्गठनका संयोजक शम्भु श्रेष्ठले जानकारी दिए । उक्त विधानअनुसार सङ्गठनको संरचनामा अध्यक्ष एक, उपाध्यक्षमा वरिष्ठ, महिला, समावेशी, प्रादेशिक, उपत्यका र एशोसिएट गरी १२ पदको व्यवस्था छ ।

महासचिव एक, उपमहासचिव दुई, सचिवमा समावेशी महिलासहित पाँच र कोषाध्यक्ष एक रहने संरचना बनाइएको छ । लेखा र अनुशासन आयोगमा दुई अध्यक्ष पदको सिर्जना गरी ती पदेन अध्यक्षलाई पदाधिकारीमा राखिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा विधान दर्ताको प्रक्रियामा रहेकाले त्यसको प्रक्रिया पूरा भएपछि आगामी असोजभित्रै घोषणासभा गरिने श्रेष्ठले बताए ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  २ : ५५ बजे

इलाममा मतगणना स्थल थपियो, तीन गाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेटः एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी