म सभापतिको रेसबाट हट्दिनँ : सिंह | Khabarhub Khabarhub

म सभापतिको रेसबाट हट्दिनँ : सिंह


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताएका छन् । पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको भन्दै विवाद भएका जिल्लामा विधि विधानअनुसार समाधान गर्नुपर्ने उनको भनाइ छ ।

नेता सिंहले सभापति देउवा इतर समूहबाट साझा उम्मेद्वारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागि निरन्तर छलफल भइरहेको जानकारी दिए । तर आफू सभापतिको उम्मेवारबाट पछि नहट्ने उनको भनाइ छ । इतर समूहमा सझा उम्मेदवारका लागि छलफल भइरहेको भए पनि निस्कर्ष ननिस्केको उनले बताए । तर आफू जिल्लादेखि केन्द्रसम्म अगाडि बढेको भन्दै सभापतिका लागि आफ्नो उम्मेदवारी उपयुक्त भएको बताए ।

सभापति शेरबहादुर देउवा इतर समूहमा सिंहका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराmा र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् ।

सरकारका विषयमा बोल्दै नेता सिंहले सत्ता गठबन्धनका केही दलभित्रको आन्तरिक व्यवस्थापनको अलमलले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको टिप्पणी गरे ।

गणेशमान सिंहको २५ओै स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेसनले शोभाभगवतिमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले गठबन्धनमा भएका दलहरुबीच कुरा नमिल्दा मन्त्रिपरिषद विस्तार हुनमा ढिलाइ भएको बताए । अब छिट्टै सरकारले पूर्णता पाउने उनको भनाइ थियो ।

 

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  २ : १७ बजे

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ