कर्ण दासपुत्रले गाए ‘थाहा छैन’ | Khabarhub Khabarhub

कर्ण दासपुत्रले गाए ‘थाहा छैन’


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक कर्ण दासका छोरा मर्कुश दासको स्वर रहेको गीत ‘थाहा छैन’ को भिडियो सार्वजनिक भएको छ । शुक्रबार उनको युट्युबमार्फत सार्वजनिक यो गीतमा कुशल पोखरेलको शब्द र संगीत छ ।

मर्कुशले चार वर्षअघि गायिका मेलिना राईसँग ‘जिन्दगी ओराली उकाली’ बोलको गीत गाएका थिए । गीतले युगल गायनतर्फबाट ‘इमेज अवार्ड’ जितेको थियो ।

मर्कुशकै निर्देशन रहेको भिडियोमा सुबीर भण्डारी र हिलारी रावल फिचर्ड छन् । भिडियोमा सुदीप विष्टको सम्पादन र कलर ग्रेडिङ, प्रयुष मानन्धरको छायांकन छ ।

मर्कुशले प्लस टुको पढाइपछि ’प्रतिविम्ब’ ब्यान्डमा सक्रिय भएर पोखराका कन्सर्ट तथा रेष्टुरेन्टमा गीत गाउँथे । उनको व्याण्डमा पाँच सदस्य थिए ।

दुई वर्ष अकस्टिक स्टुडियोमा साउन्ड इन्जिनियरका रुपमा काम गरेका उनले नेपाल म्युजिक स्कुलमा केही समय पियानो सिके ।

मुर्कशको भिडियो शिक्षा सदन एजुकेसन एन्ड भिसा सर्भिसेज, सानो क्याफे र लाखे इभेन्टसको सहयोगमा निर्माण भएको हो ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ११ : १८ बजे

देशका चार सय ३६ स्थानमा डढेलो

काठमाडौं– देश भर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ

रेसुङ्गा पर्यटनका लागि सम्भावना बोकेको क्षेत्र हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका

राष्ट्रसंघकी सहायक महासचिवद्वारा अर्थमन्त्रीसँग भेट

काठमाडौं– संयुक्त राष्ट्रसंघकी सहायक महासचिव एवं राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी)

एकैपटक ४८ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं– सरकारले एकैपटक ४८ जना उपसचिवहरूको सरुवा गरेको छ ।

नेपाल भित्रिने पर्यटक १२.७५ प्रतिशतले बढे

काठमाडौं– नेपालमा विदेशी पर्यटक आगमन १२.७५ प्रतिशतले बढेको छ ।