जसपाले असोजभित्र समायोजन टुंग्याउने | Khabarhub Khabarhub

जसपाले असोजभित्र समायोजन टुंग्याउने


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – जनता समाजवादी पार्टी (जसपा)ले असोजभित्र समायोजन टुंग्याउने जनाएको छ। सुदृढीकरण तथा जागरण अभियान अन्तर्गत जिल्ला, क्षेत्र, पालिका तथा वडास्तर सम्मको पार्टी समायोजन एक महिनाभित्र टुंग्याइने जसपाले जनाएको हो।

पूर्व संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जसपा गठन भएको करिब डेढवर्ष पछि पार्टी तल्लो तहमा पार्टी सामायोजन गर्न लागिएको जसपाका सप्तरीका अध्यक्ष केदारप्रसाद यादवले बताए।

कार्यक्रम अन्तर्गत असोजको पहिलो हप्ता जिल्लास्तरीय समायोजन गर्ने, १५ गतेभित्र प्रतिनिधि तथा प्रदेश क्षेत्रस्तरीय समायोजन गर्ने तथा १५ देखि असोज मसान्तसम्म पालिका तथा वडा तहसम्म समायोजनको कार्य सक्ने अध्यक्ष यादवको भनाइ छ।

पार्टीले एक महिने सुज अभियान अन्तर्गत संगठन निर्माणका साथै पार्टीको आगामी रणनीति र अबधारणाबारे जनजागरण गराउने योजना रहेको उनले जानकारी दिए।

सुज अभियानमा केन्द्रीय वरिष्ठ नेताहरू तथा प्रदेश नेताहरूद्वारा प्रशिक्षण दिने कार्यक्रम रहेको अध्यक्ष यादवले बताए। जसपा सप्तरीले १ महिने सुज अभियान सञ्चालन गरेको छ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १० : ४२ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई