२४ घण्टामा थपिए साढे ५ लाख कोरोना संक्रमित | Khabarhub Khabarhub

२४ घण्टामा थपिए साढे ५ लाख कोरोना संक्रमित

मृतक र संक्रमित थपिने दर सबैभन्दा धेरै अमेरिकामा


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा साढे ५ लाख बढी कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो तथ्यांकअनुसार यो अवधिमा ५ लाख ५४ हजार २६१ जना कोरोना संक्रमित थपिएका छन् ।

सबैभन्दा धेरै अमेरिकामा एक लाख ५३ हजार ३१६ जना संक्रमितको पहिचान भएको छ । यसैगरी भारतमा ३५ हजार ३६७, ब्राजिलमा ३३ हजार ५१९, र बेलायतमा ३२ हजार ६५१ जना संक्रमित फेला परेका छन् ।

यही अवधिमा मृत्यु हुनेको संख्या पनि अमेरिकामा धेरै छ । जहाँ एक हजार ९२० जना रहेका छन् । त्यसैगरी, ब्राजिलमा ४६७, भारतमा २८५, बेलायतमा १७८ जना छन् ।

यससँगै विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ४६ लाख ९२ हजार नाघेको छ। हालसम्म संक्रमित हुनेको संख्या २२ करोड ८३ लाख ६७ हजार पुगेको छ । यीमध्ये २० करोड ४९ लाख ३० हजार निको भइसकेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ६ : ५७ बजे

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११