बाजुरामा भाइरल ज्वरोका बिरामी बढे | Khabarhub Khabarhub

बाजुरामा भाइरल ज्वरोका बिरामी बढे


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– जिल्लामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । भाइरल ज्वरोबाट पाँच वर्षमुनिका बालबालिका सबैभन्दा बढी प्रभावित भएको जिल्ला अस्पतालका प्रमुख डा प्रकाशराज जोशीले जानकारी दिए । गत पछिल्ला दुई सातामा ३७ बालबालिकाको उपचार गरिएको र अझै सङ्क्रमणदर नघटेको जनाइएको छ ।

उनले भने, ‘बालबालिकामा देखिएको सङ्क्रमण दर वढ्दो , अस्पतालको क्षमताले भ्याएसम्म उपचार भइरहेको छ ।’ अनमी विष्णुकुमारी रावलले जिल्ला अस्पतालमा उपचार हुन नसकेका चार बालबालिकालाई रिफर गरिएको जानकारी दिए ।

मौसमी सङ्क्रमणजस्तो देखिए पनि ज्वरो र निमोनियाको सङ्क्रमणका बिरामी वृद्धिहुँदै गएको छ । अस्पतालमा दैनिक १५ देखि २० बिरामी उपचारमा आउने सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा १० भन्दा बढी बिरामी भर्ना भइ उपचाररत छन् । खप्तड छेडेदह गाउँपालिका पनि भाइरल ज्वरोका बिरामी बढेको आटीचौर स्वास्थ्यचौकीका इन्चार्ज रमेशबहादुर ओलीले जानकारी दिए । यसैगरी पूर्वी उत्तरी भेगको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भाइरलका बिरामीको सङ्ख्या बढेका छन् ।

एक सय देखि १०५ डिग्रीसम्म ज्वरो आएका र निमोनिया, खोकी र पखालाका कारण थला परेका बिरामी दिनप्रतिदिन धान्नै नसकिने गरी आउने गरेको जिल्ला अस्पतालका स्टाफ नर्स निशा रोकायाले बताए । उनीहरुलाई अक्सिजनका सहयोगमा उपचार गर्ने गरेको उनले जानकारी दिए ।

ज्वरोका बिरामी सरकारी स्वास्थ्य संस्थामा मात्र नभई निजी मेडिकलमा पनि उल्लेख्यनीय मात्रामा उपचारमा आउने गरेका छन् । मार्तडी सञ्चालन भइरहेका निजी क्षेत्रको खप्तड फार्मेसीका अमरराज जोशीले मेडिकलमा दैनिक ४० देखि ५० जना उपचार गर्ने गरेको बताए । विद्यालय जाने बालबालिकाबाटै सङ्क्रमण फैलिएको उनको भनाइ छ ।

सङ्क्रमण दुई महिनादेखि पाँच वर्षमुनि उमेर समूहका बालबालिकामा बढी देखिए पनि १० वर्षसम्मका बालबालिकामा पनि देखिएको छ । जिल्ला अस्पतालले चार वर्षयताकै जटिल सङ्क्रमण देखिएको पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा जानकारी गराइसकेको छ । एकै महिना धेरै सङ्ख्यामा बालबालिका बिरामी भएर उपचारका लागि स्वास्थ्य संस्थामा भर्ना हुनु निकै जोखिम र खतराको अवस्था देखिएको अस्पतालका प्रमुख डा जोशीको तर्क छ ।

जिल्लामा गत साउन दोस्रो सातादेखि सङ्क्रमण फैलिएको हो । कोरोना जाँचमा नेगेटिभ देखिए पनि लक्षण सबै कोरोनासँगै मिल्ने गरेकाले थप जोखिम बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।

अस्पतालले समयमै बालबालिकालाई स्वास्थ्य संस्थामा ल्याउन र उपचारमा ध्यान दिन सार्वजनिक अपिलसमेत गरेको छ । सामान्य लक्षण देखिनेलगत्तै उपचारका लागि ल्याउनुपर्ने, खानपान, सुरक्षा र सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।

सङ्क्रमणलाई नै मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालयले यही भदौ १ गतेबाट निषेधाज्ञालाई थप कडाइ गरेको छ । बजार क्षेत्रमा मास्कबिना हिँडडुल गर्न र बिना काममा भीडभाड गर्ने कार्य रोक्न प्रशासनले सुरक्षाकर्मी परिचालन गरेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ८ : ५९ बजे

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा