ओली पक्षका ६ सांसदले दिए देउवालाई विश्वासको मत, एमालेका अरु क-कसले गरे पक्षमा मतदान ? | Khabarhub Khabarhub

ओली पक्षका ६ सांसदले दिए देउवालाई विश्वासको मत, एमालेका अरु क-कसले गरे पक्षमा मतदान ?


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सांसदहरूले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

प्रधानमन्त्री देउवालाई ओली पक्षका सांसद प्रेम आले, किसान श्रेष्ठ, धनबहादुर बुढा, गोपाल बम, हिरा केसी, पार्वती विसुंखेले विश्वासको मत दिएका हुन् । त्यस्तै ओलीनिकट समानुपातिक सांसद समिना हुसेनले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएकी छन् ।

ओली पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरेको भएपनि फ्लोर क्रस गर्दै उनीहरुले देउवाको पक्षमा मतदान गरेका हुन् ।

यसैगरी माधव नेपाल पक्षका केही सांसद्हरु भने संसद् बैठक चल्दाचल्दै बाहिरिएका भएपनि केही सांसदले भने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतको प्रस्तावमा आज अबेर भएको मतदानमा पक्षमा १६५ मत परेको हो ।यो संख्या प्रतिनिधसभाको कुल सदस्य संख्याको ६० प्रतिशत हो ।

सभामुख अग्निप्रसाद सापकोटाले मतदानमा सहभागी २४९ जनामध्ये विश्वासको मतको प्रस्तावको पक्षमा १६५ मत, विपक्षमा ८३ मत र तटस्थ १ परेको घोषणा गरेका थिए ।

देउवालाई मत दिने एमाले सांसद–

माधवकुमार नेपाल
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
कल्याणी खड्का
मेटमणि चौधरी
भवानी खापुङ
मुकुन्द न्यौपाने
पार्वती विशुंखे
हिरा केसी
कृष्णकुमार श्रेष्ठ किसान
गोपाल बम
प्रेमबहादुर आले
धनबहादुर बुढा
विना बुढाथोकी
सरला यादव
पुष्पाकुमारी कर्ण
लक्ष्मी चौधरी
निरादेवी जैरु
रामकुमारी झाँक्री
कलिला खातुन
सविना हुसेन
कृष्णलाल महर्जन

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ११ : २८ बजे

सहकारी ठगी प्रकरणमा रविबारे छानबिन समितिको अडान कांग्रेसले नछाड्ने

काठमाडौं- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा

बीमा व्यवसायमै दाग लगाएका चापागाईं किन चाहन्छन्‌ सेबोनको नेतृत्व ?

काठमाडौं । साविक बीमा समिति (हाल नेपाल बीमा प्राधिकरण) अध्यक्ष

शैक्षिक गुणस्तर वृद्धि गर्न उत्प्रेरणा तालिम

तम्घास– गुल्मीको इस्मा गाउँपालिका–२ छल्दीमा रहेको पालुखा माध्यमिक विद्यालयले शैक्षिक

जसपा फुटेपछि कांग्रेसले भन्यो : माधव नेपाललाई प्रधानमन्त्री अफर गरिएको होइन

काठमाडौं– प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमालेसँग मिलेर

बडिगाड गाउँपालिकाले ग्रिन हाइड्रोजन उत्पादन गर्ने

ढोरपाटन– बागलुङको बडिगाड गाउँपालिकाले स्वच्छ ऊर्जा (ग्रिन हाइड्रोजन) उत्पादन गर्ने