झलनाथ खनालको आह्वान : देउवा सरकारलाई विश्वासको मत दिऔँ | Khabarhub Khabarhub

झलनाथ खनालको आह्वान : देउवा सरकारलाई विश्वासको मत दिऔँ


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले वरिष्ठ नेता झलनाथ खनालले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिन आह्वान गरेका छन् ।

उपचारका क्रममा हाल भारतमा रहेका नेता खनालले सरकारलाई अबको दुई वर्षसम्म कायम राख्नका लागि देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिन आह्वान गरेका हुन् । आज विज्ञप्ति जारी गर्दै नेता खनालले भनेका छन्, ‘देउवा सरकारलाई विश्वासको मत प्रदान गरौँ । सकेसम्म पार्टीमा सर्वसम्मत बनाउने प्रयास गरौँ । त्यो भएन भने पनि अन्तरपार्टी वैचारिक बहसहरु सञ्चालन गरौँ ।’

नेता खनालले एमाले एकता कायम राख्नका लागि २०७५ साल जेठ २ गतेअघिको अवस्थामा पार्टी संरचना फर्काउन समेत आग्रह गरेका छन् ।

पार्टीलाई राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्ने अवस्थाको निर्माण गर्न दोस्रो तहका नेताहरुले गरेको प्रयासलाई समर्थन गर्न आग्रह गर्दै उनले एकतालाई उचित तरिकाले सम्बोधन गर्न नसकिए पार्टी एकता असम्भव रहेको समेत बताएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १ : ३३ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर