एनआरएनएको १०औँ साधारणसभा कात्तिकमा | Khabarhub Khabarhub

एनआरएनएको १०औँ साधारणसभा कात्तिकमा


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १०औँ एनआरएन ग्लोबल सम्मेलन र १०औँ साधारणसभा आगामी कात्तिकमा हुने भएको छ ।

शनिबार सम्पन्न ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले अक्टोबर २३–२५ ९२०७८ कात्तिक ६–८० मा सङ्घको साधारणसभा आयोजना गर्ने  निर्णय गरेको छ । त्यसका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ ।

अध्यक्ष पन्तका अनुसार बैठकले आगामी निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय गर्दै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्कसमेत शून्य कायम गरिएको छ ।

यसअघि निर्वाचनमा भाग लिने प्रतिनिधिले सङ्घले तोकेको शुल्क तिर्नुपर्ने प्रावधान थियो । यस्तै बैठकले  निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिएबमोजिमकै कायम गर्ने निर्णय गरेको पन्तले बताए ।

बैठकले गैरआवासीय नेपाली सङ्घको निर्वाचनसम्बन्धी नियमावली, एनआरएन फाउण्डेशन, आर्थिक नियमावलीलगायतका विभिन्न १९ नियमावली संशोधन गरेको छ । बैठकले आर्थिक वर्ष २०७८/७९ को बजेटसमेत पारित गरेको जनाइएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १० : १० बजे

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’विरुद्ध टी–२० शृंखलाको पाँचौँ तथा अन्तिम खेलमा

११ मन्त्रीको सम्पत्ति गुपचुप (सूचीसहित)

काठमाडौं- सुशासनको कुरा गरेर नथाक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन– गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं– नेपाल र वेष्ट इन्डिज ‘ए’ बीच पाँच खेलको टी–२०

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६