प्रतिनिधिसभा बैठकअघि एमाले स्थायी कमिटी बैठक | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठकअघि एमाले स्थायी कमिटी बैठक


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतको फैसलाले दोस्रो पटक पुनर्स्थापित प्रतिनिधिसभा बैठक बस्नअघि आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ ।

बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने तथा विधान अधिवेशनको तयारीबारे छलफल गर्नेछ । एमालेले केन्द्रीय कमिटी बैठक सोमबार डाकेको छ ।

पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै  आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत डाँकिएको छ । तर कार्यदलको सहमतिअनुसार वरिष्ठ नेता माधव कुमार नेपालसँग सल्लाह गरेर मात्रै बैठक डाक्न सो समूहका दोस्रो तहका नेताहरुले आग्रह गरेका छन् ।

तर अध्यक्ष ओलीले कार्यदलको सहमतिलाई अनुमोदन गरेर अघि बढेकाले अब बैठकमा सहभागी भएर पार्टी काममा लाग्ने बाटो खुलेको जवाफ दिएका छन् । सहमतिका लागि भन्दै पार्टीको बैठक अब नरोकिने उनले अडान लिएका छन् ।

एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ७ : २६ बजे

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना