प्रदेश २ मा कोरोनाको ग्राफ ओरालो लाग्दै, संक्रिय संक्रमित सात हजार | Khabarhub Khabarhub

प्रदेश २ मा कोरोनाको ग्राफ ओरालो लाग्दै, संक्रिय संक्रमित सात हजार


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ मा कोरोना संक्रमणको संख्या आरालो लाग्न थालेको छ । एक साता यता दिनहुँ कोरोना संक्रमणको दर घट्दै गएको हो । शुक्रबार मात्रै प्रदेश २ मा करिब साढे चार सय जनाले कोरोना जितेर घर फर्केका छन् भने आठै जिल्लामा जम्मा ९६ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिले संक्रमित हुनेभन्दा निको हुने दर बढी छ । सरकारले सञ्चालन गरेको आइसोलेशन र होम आइसोलेशनमा रहेका संक्रमितहरु संक्रमणमुक्त हुन थालेका छन् । आइसोलेशन पनि खाली हुँदै गएको छ । हाल प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ९७ जना छ । सक्रिय संक्रमित मध्ये २ सय १३ जना संस्थागत आइसोलेशनमा र बाँकी ६ हजार ७ सय ८४ जना होम आइसोलेशनमा रहेको स्वाथ्य निर्देशनालय प्रदेश २ को कार्यालयले जनाकारी दिएको छ ।

कार्यालयका निर्देशक डा. विजयकुमार झाका अनुसार बढी सक्रिय संक्रमित पर्सा जिल्लामा छन् । पर्सा जिल्लामा संस्थागत आइसोलेशनमा ३१ जना र होम आइसोलेशनमा ३ हजार ६ जना रहेका छन् । पर्सामा संक्रिय संक्रमितको संख्या ३ हजार ३७ जना पुगेको छ । महोत्तरीको आइसोलेशनमा १२ जना र होम आइसोलेशनमा १ हजार १ सय ५८ जना गरेर कूल सक्रिय संक्रमितको संख्या १ हजार १ सय ७० रहेको छ । धनुषा जिल्लामा संस्थागत आइसोलेशनमा ५७ जना तथा होम आइसोलेशनमा ७ सय ५७ जना गरेर कूल सक्रिय संक्रमितको संख्या ८ सय १४ रहेको छ ।

यस्तै, सर्लाही जिल्लामा संस्थागत आइसोलेशनमा २३ जना तथा होम आइसोलेसनमा ६ सय ४४ जना गरेर जम्मा संक्रमितको संख्या ६ सय ६७ रहेको छ । बारा जिल्लाको संस्थागत आइसोलेशनमा १४ जना तथा होम आइसोलेशनमा ३ सय ७६ जना गरेर कूल सक्रिय संक्रमितको संख्या ३ सय ९० छ ।

सप्तरी जिल्लाको संस्थागत आइसोलेशनमा ५० जना तथा होम आइसोलेशनमा ३ सय ७८ जना गरेर ४ सय ३८ जना छन् भने सिरहा जिल्लाको संस्थागत आइसोलेशनमा २४ जना र होम आइसोलेशनमा ३ सय १३ गरेर कूल सक्रिय संक्रमितको संख्या ३ सय ३७ जना पुगेका निर्देशक झाले जानकारी दिए । रौतहटको संस्थागत आइसोलेशनमा २ जना तथा होम आइसोलेशनमा १ सय ५२ जना गरेर १ सय ५४ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ६ : ०१ बजे

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा