ढुंगागिट्टी निकासीविरुद्ध परेको रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै | Khabarhub Khabarhub

ढुंगागिट्टी निकासीविरुद्ध परेको रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ढुंगागिट्टी निकासीविरुद्ध परेको रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

आगामी आर्थिक वर्षदेखि मापदण्ड अनुसारको ढुंगागिट्टी निकासी खुला गर्ने सरकारको तयारीविरुद्ध परेको रिटमाथि आ‍ज संवैधानिक इजलासमा सुनुवाइ हुने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा शुक्रवार सुनुवाइ हुन लागेको हो । बजेटमार्फत सरकारले ढुंगागिट्टी निकासी गर्ने कार्यक्रम ल्याएको थियो ।

त्यसविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठी लगायतले सर्वोच्चमा रिट दर्ता गरेका थिए । न्यायाधीश दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ रहेको संवैधानिक इजलासमा ती रिटमाथि सुनुवाइ हुन लागेको हो ।

खानी विभागले बनाएको मापदण्डअनुसार गिट्टी ढुंगा निकासी गर्ने कार्यक्रम साउनदेखि कार्यान्वयनमा आउने बजेटमा समावेश छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १२ : २२ बजे

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका