दलित भनेर कोठा नदिने घरबेटीविरुद्ध रुपाले दिइन् जाहेरी | Khabarhub Khabarhub

दलित भनेर कोठा नदिने घरबेटीविरुद्ध रुपाले दिइन् जाहेरी


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  दलित समुदायको भएकै आधारमा कोठा नदिएको आरोप लगाउँदै काठमाडौँका एक जना घरबेटीविरुद्ध पत्रकार रुपा सुनारले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी छिन् ।

पहिले कोठा दिन राजी भएका घरबेटीले आफू दलित समूदायको भन्ने थाहा पाएपछि कोठा नदिएको भन्दै उनीविरुद्ध रुपाले विहीबार प्रहरीमा जाहेरी दिएकी हुन् ।

उनले जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार जाहेरी दिएको बताएकी छिन् ।

रुपाका अनुसार घरबेटी काठमाडौं महानगरपालिका-११ बबरमहलकी ५८ वर्षिया सरस्वती प्रधानले सबै कुरा मिलेपछि कोठा भाडामा दिनुअघि जात सोधेकी थिइन् । दलित समुदायको भन्ने थाहा पाएपछि भने भाडा दिन इन्कार गरेको रुपाले जाहेरीमा उल्लेख गरेकी छन् ।

रुपाका अनुसार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा १२ बजे नै जाहेरी दर्ता गर्न गए पनि प्रहरीले प्रमाण नपुगेको भन्दै दर्ता गर्न मानेको थिएन । करिब ५ घण्टासम्मको दबाबपछि प्रहरीमा जाहेरी दर्ता गरेको रुपाले जनाएकी छिन् ।

पहिले कोठा दिन राजी भइसकेकी घरबेटीले जातको कुरापछि कोठा दिन नमानेको विषयमा रुपाले फेसबुकमा एक भिडियो पोस्ट गर्दै यस्तो भनेकी छिन्-

उनले लेखेकी छन्,‘१२ बजेदेखिको निरन्तर दवावले ४ बजेर ५० मिनेटमा बल्ल प्रहरीमा जाहेरी दर्ता गर्न सफल भइयो । साथ दिनु हुने सम्पूर्णमा हार्दिक धन्यवाद । लडाइँ अझै बाँकी छ ।’

जाहेरी दर्ता पछि उनले फेसबुकमा यस्तो लेखेकी छिन्-

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ६ : १८ बजे

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार