युरोकप : आज तीन खेल हुँदै | Khabarhub Khabarhub

युरोकप : आज तीन खेल हुँदै


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (शुक्रबार) तीन खेलहरु हुँदैछन् ।

युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा स्वीडेन र स्लोभाकियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ई’ मा रहेको दुई टिमबीचको खेल साँझ ६:४५ बजे शुरु हुनेछ ।

आज स्लोभाकिया लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २-१ गोल अन्तरले हराएको थियो । स्लोभाकिया समूहको शीर्ष स्थानमा छ ।

स्विडेन भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । स्विडेनले पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो । स्विडेन १ अंक जोडेर तेस्रो स्थानमा छ ।

दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक भिड्ने छन् । दुई टिमबीचको खेल राति ९:४५ बजे शुरु हुनेछ ।

समूह ‘डी’ मा रहेको क्रोएसिया पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १-० गोल अन्तरले पराजित भएको थियो । क्रोएसिया समूहको तेस्रो स्थानमा छ ।

चेक रिपब्लिक भने लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई २-० ले हराएको थियो । चेक रिपब्लिक ३ अंक जोडेर समूहको शीर्ष स्थानमा छ ।

आज हुने तेस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड र स्कटल्याण्डबीचको खेल राति १२:४५ बजे शुरु हुनेछ ।

समूह ‘डी’ को इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । इंग्ल्यान्ड ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई हराएको थियो ।

स्कटल्याण्ड भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा स्कटल्याण्ड चेक रिपब्लिकसँग स्तब्ध भएको थियो । अंक विहीन स्कटल्याण्ड पुछारमा छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ७ : २६ बजे

तुम्लिङटार विमानस्थलमा उडान ठप्प

किमाथांका– सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ

रामेछापबाट काठमाडौँ आउँदै गरेको माइक्रो दुर्घटना, ६ जना घाइते 

काठमाडौं– रामेछापबाट काठमाडौँ आउँदै गरेको विद्युतीय माइक्रो दुर्घटनामा परेको छ

अस्थिरता नेपालको विकासका लागि घातक : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने

काठमाडौं– भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने भएको छ

लोकप्रिय बन्दै कोदोको बिस्कुट

गलकोट– बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएकोको कोदोको बिस्कुट छोटो