जनता समाजवादीका उदयपुर जिल्ला सदस्य चौधरी हतियारसहित पक्राउ | Khabarhub Khabarhub

जनता समाजवादीका उदयपुर जिल्ला सदस्य चौधरी हतियारसहित पक्राउ


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टीका उदयपुर जिल्ला समिति सदस्यलाई प्रहरीले हतियार (पेस्तोल)सहित पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जसपाका जिल्ला सदस्य प्रशुराम चौधरी छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी बेदप्रसाद गौतमका अनुसार उनलाई ‘मेड इन युएसए’ लेखिएको अटोमेटिक पेस्तोलसहित पक्राउ गरिएको हो ।

प्रशुराम युद्धकालमा माओवादी लडाकु हुन् । शान्ति प्रक्रिया शुरु भएसँगै उनी माओवादी केन्द्रको जिल्ला कमिटी सदस्यको रुपमा कार्यरत थिए ।

२०७७ माघबाट उनी जसपामा लागेका हुन् । यो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ७ : २१ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष