हनुमानको तस्वीर मिलाएर राख्न जाने मिल्छ सफलता | Khabarhub Khabarhub

हनुमानको तस्वीर मिलाएर राख्न जाने मिल्छ सफलता


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धार्मीक मान्यता अनुसार हनुमान अजर–अमर छन् । त्यसैले उनी हरेक युगमा रहन्छन् भन्ने मान्यता छ । हनुमानलाई कलियुगको सबैभन्दा प्रभावशाली देवता मध्ये एक मानिन्छ ।

हनुमान चाँडै प्रसन्न हुने देवता हुन् । त्यसैले वास्तु नियमको पालना गर्दै घरमा हनुमानको मूर्ति वा तस्वीर राखे जीवनमा सबै समस्या नष्ट भई सफलता प्राप्त हुने मान्यता छ ।

१. वास्तुको नियम पालना गर्दै घरमा हनुमानको मूर्ति वा तस्वीर राखेमा घरमा रहेको नकारात्मक उर्जा नष्ट हुने धार्मीक मान्यता छ ।

२. वास्तु शास्त्रका अनुसार दक्षिण दिशाको पर्खालमा हनुमानको तस्वीर राख्नु सबैभन्दा शुभ मानिन्छ । हनुमानको शक्ति अधिक प्रभाव दक्षिण दिशामा हुने गर्दछ ।

३. दक्षिण दिशाबाट आउने नकारात्मक ऊर्जा र खराब शक्ति नष्ट गर्न र घरमा सकारात्मक उर्जा बनाइराख्न दक्षिण दिशामा हनुमानको बसेको मुद्राको रातो रंगको तस्वीर राख्नु पर्दछ ।

४. वास्तु अनुसार पंचमुखी हनुमानको मूर्ति वा चित्र जुन घरमा हुन्छ त्यस घरमा सफलता प्राप्त हुनुका साथै यसका अवरोधहरु हटेर जाने मान्यता छ ।

५. घरको मुख्यद्वारमा पञ्चमुखी हनुमानको चित्र लगाउँदा कुनै पनि प्रकारका खराब शक्ति घरमा प्रवेश गर्न पाउँदैन ।

६. हनुमानको तस्वीर घरमा राख्दा परिवारका सदस्यबीच आपसी प्रेम र विश्वास बनिरहेन र सबै सदस्यको मनमा धार्मीक भावना हुने मान्यता छ । यसकालागि श्रीरामको चरणमा बसेका हनुमानको तस्वीर वा श्रीरामको आराधना वा कीर्तन गर्दै गरेको हनुमानको तस्वीर राख्नु पर्दछ ।

७. जुन घरमा पर्वत उठाएको हनुमानको तस्वीर राखेको छ भने त्यस घरमा परिवारका सदस्यहरुबीच साहस र विश्वासको कमी नहुने साथै हरेक परिस्थितिमा डटेर सामना गर्ने क्षमता बन्ने विश्वास गरिन्छ ।

८. उड्दै गरेको हनुमानको तस्वीर घरमा राखे उन्नति र सफलता मिल्ने विश्वास गरिन्छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ६ : ०५ बजे

नेपाल–जापान सम्बन्ध : आर्थिक विकासमा नेपालको लक्ष्य पूरा गर्न जापान सरकार तयार

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहेकी जापानी

युद्ध प्रभावितलाई उद्धार गर्न आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले युद्धमा परी विदेशमा मृत्यु भएकाहरूको

पूर्वमन्त्री शेर्पा एमाले जिल्ला उपाध्यक्षमा पराजित, शेरधनले बनाए पकड

भोजपुर-तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन

झन्डै १३ प्रतिशत नेपालीको घर छैन, कति बस्छन् भाडामा ?

काठमाडौं– नेपालको कुल जनसंख्याको झन्डै १३ प्रतिशत नेपालीको आफ्नै घर

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव

काठमाडौं – आफू नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदै गर्दा