काठमाडौ उपत्यकालाई ‘माग्ने बुढा’को व्यंग्यः ‘रोगको भण्डार सहर’ | Khabarhub Khabarhub

काठमाडौ उपत्यकालाई ‘माग्ने बुढा’को व्यंग्यः ‘रोगको भण्डार सहर’


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता तथा हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ चिनाइरहनुपर्ने नाम होइन् । टेलिफिल्म ‘मेरी बास्सै’बाट ‘माग्ने बुढा’का रुपमा उदाएका केदार पछिल्लो समयमा सफल अभिनेतामा गनिन्छन् ।

उनी निर्माता पनि हुन् । सामाजिक सञ्जालमा उनको सक्रियता राम्रै छ । कहिले भिडियो राखेर त कहिले सामाजिक सन्देशमूलक स्टाटस पोस्ट गरेर उनी आफ्नो सक्रियता बढाइरहेका छन् ।

देश कोभिडको महामारीमा रुमलिएको छ । दैनिक रुपमा संक्रमित बढिरहेका छन् । मृतकको संख्या उस्तै छ । डिस्चार्ज हुने रफ्तार पनि बढ्दो छ ।

यही परिप्रेक्ष्यमा मंगलबार साँझको समयमा उनले एक तस्वीर फेसबुकमा पोस्ट गरेका छन् । सहरको पृष्ठभूमिमा अस्ताउदै गरेको सूर्यको तस्वीर उनले खिचेर फेसबुकमा राखेका छन् ।

‘अवसरको सहर । स्वार्थी सहर । अवसरवादीको सहर । सपनाको सहर । आ–आफ्नै दृष्टिकोण तर अहिले रोगको भण्डार सहर । स्टे सेफ’ उनले लेखेका छन् । उनले ‘फोटो–नव–फोटोग्राफर केदारप्रसाद घिमिरे’ लेखेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ७ : ५० बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा