विज्ञको छुट्टै संयन्त्र बनाएर कोरोना नियन्त्रण गर्न अन्तरिम आदेश | Khabarhub Khabarhub

विज्ञको छुट्टै संयन्त्र बनाएर कोरोना नियन्त्रण गर्न अन्तरिम आदेश


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले कोभिड–१९ को भयावह स्थितिमा स्वास्थ्यविज्ञको सल्लाह र सुझाव आवश्यक परे छुट्टै संयन्त्र बनाएर नियन्त्रण तथा रोकथाम गर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले विज्ञको सल्लाहबमोजिम कोभिड नियन्त्रण र रोकथामका लागि यथाशीघ्र व्यवस्था गर्न सरकारका नाममा आज अन्तरिम आदेश जारी गरेको हो ।

“अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बेड अभाव भएको अवस्था भए कुनै पनि खाली स्थान भवनमा अस्थायी उपचार केन्द्रको व्यवस्था मिलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको उचित व्यवस्था गरी प्रभावकारी उपचारको व्यवस्था गर्नू”, आदेशमा भनिएको छ ।

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह, अर्थ, कानून, न्याय तथा संसदीय मामिला र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विपक्षी बनाई सोमबार दायर गरेको रिट निवेदनमा स्वास्थ्य सामग्रीका अभावमा नागरिकको बाँच्न पाउने अधिकारबाट वञ्चित नगर्न माग गरिएको थियो ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ९ : ०१ बजे

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको