जसपामा फेरि विवाद : दलको नेता चयन नभएको भन्दै यादवको काउन्टर पत्र | Khabarhub Khabarhub

जसपामा फेरि विवाद : दलको नेता चयन नभएको भन्दै यादवको काउन्टर पत्र


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का दुई अध्यक्षबीच भएको नयाँ सहमतिको मसी सुक्न नपाउँदै सहमति भाँडिएको छ ।

दुई खेमामा विभाजित जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपन्द्र यादवबीच तत्काल सरकारमा नजाने तर राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा नयाँ सरकार बन्ने अवस्थामा सरकार गठनमा अगाडि बढ्ने सहमति भएको थियो ।

तर, उक्त सहमतिको मसी सुक्न नपाउँदै जसपामा विवाद चुलिएको छ । अध्यक्ष ठाकुरले संसदीय दलको नेता राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा पठाएसँगै त्यसको विरुद्धमा यादवले अर्को पत्र पठाएका छन् । उनले पठाएको काउन्टर पत्रमा हालसम्म जसपामा दलको नेता कोही पनि चयन नभएको उल्लेख छ ।

कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनुपर्नेमा हालसम्म सो नभएको समेत यादवले सचिवालयलाई जानकारी गराएका छन् । यादवले दलको नेता चयन भनेर सञ्चारमाध्यममा आएका प्रचार भ्रमपूर्ण रहेको र कसैले जानकारी दिएको भए त्यसलाई वैधानिकता नदिन भनेका छन् ।

हेर्नुहोस् पत्र

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ५ : २२ बजे

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।