आन्तरिक मुल्यांकनबाट परीक्षाफल प्रकाशन गर्न पोखरा महानगरपालिकाको निर्देशन | Khabarhub Khabarhub

आन्तरिक मुल्यांकनबाट परीक्षाफल प्रकाशन गर्न पोखरा महानगरपालिकाको निर्देशन


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोखरा महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालयलाई आन्तिरिक मुल्यांकनका आधारमा परीक्षाफल प्रकाशन गर्न निर्देशन दिएको छ ।

महानगरले मंगलबार विज्ञप्ति जारी गर्दै भौतिक उपस्थितिमा वार्षिक परीक्षा सञ्चालन गर्न सम्भव नभएकाले विद्यालयले लिएको त्रैमासिक, अर्धवार्षिक परीक्षाको आधारमा आन्तरिक मुल्यांकनका गरी परीक्षाफल प्रकाशन गर्न निर्देशन दिएको हो ।

शैक्षिक सत्र २०७८ को लागि विद्यार्थी भर्ना सम्बन्धी कार्य असार १ गतेबाट मात्र शुरु गर्न पनि महानगरले निर्देशन दिएको छ ।

कक्षा ८ को वार्षिक परीक्षा सम्बन्धी नगर स्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णय अनुसार हुने गरी पुनः सूचना प्रकाशन गरिने समेत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ३ : २६ बजे

धनगढीमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा दुईजना घाइते

धनगढी– धनगढीमा मोटरसाइकललाई स्कुटरले पछाडिबाट ठक्कर दिँदा दुई जना घाइते

‘पुजार सार्की’को ट्रेलर, प्रदीप र आर्यन आउँदा पल देखिएनन् (तस्बिरहरू)

काठमाडौं– आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ प्रदर्शन हुने

चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको

नक्कली नोटसहित एक महिला पक्राउ

जाजरकोट– नक्कली नोटसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

‘पुजार सार्की’को ट्रेलर रिलिजमा पल शाह किन अनुपस्थित ?

काठमाडौं– दिनेश राउतको निर्देशन रहेको मल्टिस्टार फिल्म ‘पुजार सार्की’को ट्रेलर