३ वर्षीया प्राप्ती बानियाँले होम आइसोलेसनबाटै जितिन कोरोना | Khabarhub Khabarhub

३ वर्षीया प्राप्ती बानियाँले होम आइसोलेसनबाटै जितिन कोरोना



बुटवल– रुपन्देहीको सैनामैना नगरपालिका–३, निवासी ३९ वर्षीय रितु बानियाँलाई वैशाख १७ गतेदेखि सामान्य ज्वरो आयो । १६ गते जिल्लामा निशेधाज्ञा शुरू भएको थियो । उनी सैनामैनामा पसल चलाउँछन् । परिवारमा ३ वर्षीया छोरी प्राप्ति र श्रीमती २८ वर्षीया धुव्र कार्की बानियाँ छन् ।

सामान्य ज्वरो, रुघाखोकी र शरीर दुख्ने लक्षण देखिएपछि रितु घरैमा छुट्टै कोठामा बस्न थाले । आठ दिनपछि सैनामैना नगरपालिकाले कोरोना परीक्षण गर्न वडामा स्वाब संकलन गर्‍यो ।

रितु्को परिवारका तीनै जनाले स्वाब दिए । अर्को दिन सबै जनाको रिपोर्ट पोजेटिभ आयो । रितुका छोरीलाई सामान्य ज्वरो आएको थियो । बाबुआमा दुवैलाई सामान्य लक्षण देखिएको थियो ।

आमाछोरी एउटा कोठामा र रितु अलग्गै कोठामा बसे । रितुले भने, ‘छोरीलाई डाक्टरको सल्लाह अनुसार तातो पानी र सिटामोल खान दियौँ । तीन दिनपछि उनको ज्वरो पनि सञ्चो भयो । हामीलाई पनि बिस्तारै सञ्चो भएको महसुस भयो । पोषिलो खानेकुरा खाने, तातोपानी पिउने र बाफ लिने गर्‍यौँ ।’

छोरीलाई रुघाखोकी थियो । डाक्टरको सल्लानहअनुसार उनलाई भिडामिन सी, भिटामिन डी र प्यारासिटमोल दिए ।

रितु लकडाउनको अघिल्लो दिनसम्म पसलमै व्यस्त थिए । आफूलाई त्यहीँ कोरोना सरेको हुनसक्ने उनले बताए । ‘अक्सिजन अभावले ज्यान गएको समाचार सुन्दा आफू पनि नबाँचिने हो कि भन्ने पिर लाग्थ्यो,’ उनले भने, ‘हाम्रो लागि अठोट र मनोबल नै सबैभन्दा ठूलो बन्यो ।’

उनीहरु दश दिनपछि दोस्रो पटक स्वाब दिन बुटवलको प्याथ ल्याब गए । सबैको रिपोर्ट नेगेटिभ आयो । रितुले भने, ‘तीन वर्षकी छोरी पनि कोरोनालाई जित्न सफल भइन्, हामी धेरै खुशी भयौँ । मनोबल उच्च राख्नसके कोरोनालाई पराजित गर्न सकिने रहेछ ।’

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  २ : ५० बजे

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

चितवन– चितवनको ईच्छाकामना गाउँपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब

गोरखकाली रबर उद्योग सञ्चालन गर्न माग

गण्डकी– नौ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन

जापानकी विदेशमन्त्री योको आइतबार काठमाडौं आउने

काठमाडौं– जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने नेपाल भ्रमणमा आउने

‘पैसा कमाउन पो दयाहाङको बा बन्न सकिएन’

काठमाडौं– उमेरले ६१ छिचोल्दै गर्दा वरिष्ठ कलाकार एवं रंगकर्मी पुस्कर

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

सिराहा– कल्याणपुर नगरपालिका-९ डुमरीस्थित सडकमा कल्याणपुरबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश २-०१-००४ प