टुकोनद्वारा श्रमिकलाई राहत वितरण | Khabarhub Khabarhub

टुकोनद्वारा श्रमिकलाई राहत वितरण


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले निषेधाज्ञाका कारण विचल्लीमा परेका श्रमिकलाई राहत वितरण गरेको छ ।

टुकोनले रिक्सा चालक र निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरूको ४० परिवारलाई एक हप्ता पुग्ने खाद्यान्न वितरण गरेको हो ।

टुकोनले श्रमिकलाई वितरण गरेका रहत सामग्रीमा चामल, तेल, दाल, क्वाटी, नुन, चाउचाउ र माक्स संलग्न रहेको टुकोनका अध्यक्ष हिक्मत जंग भण्डारीले जानकारी दिए ।

विपद्को विकराल परिस्थितीमा जोखिम कार्यलाई ध्यान दिँदै रोग र भोक दुवै मानव जीवनका चुनौतीलाई सामना गर्न केही सहयोग पुगोस् भनेर श्रमिकलाई थोरै भएपनि राहत उपलब्ध गराएको जानकारी दिदै टुकोनका अध्यक्ष भण्डारीले कोरोना संक्रमण बढेको यो विषम परिस्थितीमा दैनिक ज्यालादारीमा आश्रित श्रमिकको पीडालाई ध्यान दिन सरकारलगायत सम्बन्धित पक्षको ध्यानाकर्ष समेत गराएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  १२ : ४० बजे

सगरमाथाको फेदमा ‘हिलारी ब्रिज’बाट अब ‘बञ्जी जम्प’

सोलुखुम्बु- प्रसिद्ध पर्यटकीय जिल्ला सोलुखुम्बुको ‘हिलारी ब्रिज’बाट अब ‘बञ्जी जम्प’

अन्तराष्ट्रिय श्रमिक दिवस (तस्बिरहरु)

काठमाडौं– आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम

ललितपुरको डढेलोमा घाइते भएका रमेशको पनि मृत्यु

ललितपुर– गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने

वैतेश्वरका सात सय बढी कुकुरलाई रेबिजविरुद्धको खोप

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले रेबिज रोग रोकथाम तथा नियन्त्रण गर्ने

नेपाल टस हारेर फिल्डिङमा, कप्तान रोहितलाई आराम

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज