नवलपुरमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु | Khabarhub Khabarhub

नवलपुरमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट आज विहान दुई जनाको मृत्यु भएको छ ।

कावासोती नगरपालिका २ निवासी ६८ वर्षीय पुरुष र कावासोती १६ डण्डास्थित ८२ वर्षीया महिलाको मध्यबिन्दु जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

निमोनिया, सुगर र मिर्गौला सम्बन्धि समस्या भई वैशाख ३१ गते अस्पताल भर्ना भएका पुरुषलाई जेठ २ गते कोरोना संक्रमण पुष्टी भएको थियो । उनको राति १२ बजे मृत्यु भएको अस्पतालका स्रोत व्यक्ति डा. शिवराज न्यौपानेले बताए ।

यस्तै, कावासोती नगरपालिका १६ डण्डास्थित ८२ वर्षीया महिलाको पनि उपचारका क्रममा मध्यबिन्दु जिल्ला अस्पतालमा नै आज विहान मृत्यु भएको हो ।

वैशाख २८ गते कोरोना संक्रमण पुष्टी भएकी ती महिलालाई जेठ १ गते कोरोना संक्रमण पुष्टी भएको थियो । मध्यबिन्दु जिल्ला अस्पतालमा उपचाररत महिलाको आज विहान ३.४५ मा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले जानकारी दिए ।

शारीरिक रुपमा अशक्त र मानसिक रुपमा दीर्घ समस्या रहेको ती महिला कोभिड निमोनिया भएको अस्पतालका स्रोत ब्यक्ति डा. शिवराज न्यौपानेले जानकारी दिए ।

कोरोना संक्रमण भई नवलपुरमा अहिलेसम्म ५७ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना संक्रमणको दोस्रो लहरमा बैशाख १ गतेपछि मात्रै २५ जनाको मृत्यु भएको छ ।

नवलपुरमा सोमबार मात्रै १ सय ५ जना कोरोनामुक्त भएका थिए । जिल्लामा अहिले सक्रिय संक्रमित १ हजार ८७ जना रहेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ११ : २१ बजे

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतको असन्तुष्टि

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।