बारामा दुई बालकको घाँटी रेटेर हत्या | Khabarhub Khabarhub

बारामा दुई बालकको घाँटी रेटेर हत्या


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– बारामा दुई जना बालकको घाँटी रेटेर हत्या भएको छ ।

कलैया उपमहानगरपालिका– ७ स्थित सरंगापुरका दुईजना बालकको हत्या भएको प्रहरीले जनाएको छ ।

स्थानीय नौ वर्षीय उशमान अन्सारी र सात वर्षीय अमिन अन्सारीको हत्या भएको प्रदेश २ प्रहरी प्रमुख डीआईजी धिरज प्रताप सिंहले जानकारी दिए ।

उनका अनुसार स्थानीय मदरसामा हत्या गरिएको अवस्थामा दुवै जनाको शव फेला परेको छ ।

बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रका अनुसार सोमबार बेलुकी ७ बजे उनीहरू घरबाट खेल्न भन्दै निस्केका थिए । तर, अबेर रातिसम्म उनीहरूको खोजीगर्दा समेत नभेटिएपछि बालक बेपत्ता भएको बारे प्रहरीलाई खबर आएको थियो ।

अहिले डीएसपी मिश्रसहित प्रहरी टोली घटनास्थलमा पुगेको छ । घटनामा संलग्न केही शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान एवं सोधपुछ भइरहेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ११ : ०५ बजे

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

झापा– १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति

हराएका २४ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

काठमाडौं– विभिन्न मितिमा हराएका २४ दुईपाङ्ग्रे सवारी साधन खोजी गरी

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका

‘कसम, राम्रो छ- मनसरा ?’

काठमाडौं– झुटो बोल्यो कि साँचो भनेर पत्ता लगाउन हाम्रो सामाजमा

चीनमा सडक दुर्घटना : उद्धार र सुरक्षा सुधार गर्न राष्ट्रपति सिको निर्देशन

बेइजिङ– चिनियाँ राष्ट्रपति सि जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा एक्सप्रेसवे