मेची प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि नौ करोड बजेट | Khabarhub Khabarhub

मेची प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि नौ करोड बजेट


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- मेची प्रादेशिक अस्पताल भद्रपुरमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्याङ्क निर्माण गर्नका लागि सरकारले नौ करोड बजेट निकासा गर्ने निर्णय गरेको छ ।

सङ्घीय अर्थ मन्त्रालयले देशका २६ अस्पताल र नौवटा प्रादेशिक अस्पतालका लागि रु दुई अर्ब ९५ करोड २० लाख बजेट निकासा गर्ने निर्णय गरेको हो ।

बजेट निकासा भएका अस्पतालमा मेची अस्पताल पनि परेको हो । मेची अस्पतालका लागि प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयमार्फत सो बजेट निकासा हुने मेची प्रादेशिक अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलले बताए ।

अहिले अस्पतालमा कोरोना सङ्क्रमितको चाप बढेसँगै भेन्टिलेटर र अक्सिजनको समेत अभाव छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  १० : २५ बजे

रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला

म्याग्दी– कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती

गण्डकीका मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते

अर्बौँ रुपैयाँ कर नतिर्ने इन्टरनेट सेवा प्रदायकको अडान, सरकारदेखि अदालतसमेत उल्झनमा

काठमाडौं– इन्टरनेट सेवा प्रदायकहरुले सरकारलाई तिर्नुपर्ने कर नतिरेको विवादको मार

प्रदेश राज्यमन्त्री चौधरीद्वारा बर्थिङ सेन्टर शिलान्यास

रौतहट– मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केशव राय

लुट्नकै लागि पर्वतमा दम्पतीको हत्या, एक महिनामा प्रहरीको मिसन ‘लालीगुराँस’ सफल

पर्वत- पर्वतको जलजला गाउँपालिका-२ मल्लाज दहस्थित वृद्ध दम्पतीको हत्या लुट्नैका