पश्चिम बंगालका दुई मन्त्रीसहित त्रिणमुल काङ्ग्रेका चार नेता पक्राउ | Khabarhub Khabarhub

पश्चिम बंगालका दुई मन्त्रीसहित त्रिणमुल काङ्ग्रेका चार नेता पक्राउ


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली(एएनआई)- भारतको पश्चिम बङगालमा नारदा स्टिंग घटनाको अनुसन्धान गरिरहेको सिबिआईले त्रिणमुल कांग्रेसका तीन नेतासहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ गरिएका दुई व्यक्ति त्रिणमुलको नेतृत्वको राज्य सरकारका मन्त्री रहेको बताइएको छ ।

पक्राउ पर्नेहरूमा मन्त्रीहरु फिरहाद हकीम र सुब्रत मुखर्जीसहित पूर्वमन्त्री र भारतीय जनता पार्टी (भाजपा) नेता शोभन चटर्जी तथा टिएमसी विधायक मदन मन्त्री रहेका छन् ।

राज्यपाल जगदीप धनखडले सिबिआईलाई यी नेताहरुविरुद्ध मुद्दा चलाउन अनुमति दिएको बुझिएको छ ।  आफ्ना नेताहरुको गिरफ्तारीको सूचना पाएलगत्तै मुख्यमन्त्री ममता बेनर्जी सिबिआई कार्यालयमा पुगेकी थिइन् ।

सत्ताधारी टिएमसीले यो गिरफ्तारीलाई गैररकानूनी भनेको छ । पार्टीका प्रवक्ता कुणाल घोषले बिना सूचना नेताहरुलाई गिरफ्तार गरिनु गरैकानुनी रहेको बताए । उनले यो मामिलामा आरोपित भाजपा नेता मुकुल राय र शुभेन्दु अधिकारीलाई किन गिरफ्तार नगरेको भनेर प्रश्न गरेका छन्।

विधानसभा अध्यक्ष विमान बेनर्जीले पनि गिरफ्तारीलाई अवैध बताएका छन् । सन् २०१६ को विधानसभा चुनाव पहिले टिएमसीका मन्त्री, सांसद तथा विधायक जस्तै देखिने व्यक्तिले एक काल्पनिक कम्पनीका प्रतिनिधिसँग पैसा लिँदै गरेको स्टीङ्ग अपरेशनको भिडियो सार्वजनिक भएपछि यी नेताहरूलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको हो ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ५ : ५५ बजे

सूर्यकुमारले शतक बनाएपछि हैदरावादमाथि मुम्बईको जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी