कोरोनाकालमा कुम्भ मेला पुगेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता | Khabarhub Khabarhub

कोरोनाकालमा कुम्भ मेला पुगेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी भएर पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार स्वदेश फिर्ता भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई राजाकै झल्को दिनेगरी बाजागाजाका स्वागत गरिएको छ । विभिन्न राजावादी संघसंस्थाहरूले पूर्वराजा ज्ञानेन्द्रको स्वागतलाई धुमधाम बनाएका हुन् ।

कुम्भ मेलामा सहभागी भएकाहरूमा कोरोना तीव्र रुपमा फैलिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । कुम्भलाई सुपर स्प्रेड इभेन्ट भनिएको छ । पूर्वराजा ज्ञानेन्द्रले भारतमा रहँदा भेटेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसमेत संक्रमित भएका छन् ।

कुम्भ मेला आयोजकले ज्ञानेन्द्रलाई हिन्दु राजाकै हैसियतमा निमन्त्रणा गरेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ५ : ३२ बजे

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम