दिल्लीमा कुम्भ मेलाबाट फर्केकालाई १४ दिन अनिवार्य क्वारेन्टाइन | Khabarhub Khabarhub

दिल्लीमा कुम्भ मेलाबाट फर्केकालाई १४ दिन अनिवार्य क्वारेन्टाइन


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको राजधानी दिल्लीमा कुम्भ मेलामा सहभागी भएर आएकाहरूलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरिएको छ ।

हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी सयौँ मानिस कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएपछि त्यहाँबाट आउनेहरूलाई क्वारेन्टाइनमा राख्ने निर्णय भएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकारद्वारा जारी निर्देशनमा कुम्भ मेलाबाट आएकाहरूले आफैं पनि स्वास्थ्य सतर्कता अपनाउनु पर्ने र क्वारेन्टाइनमा बस्नु पर्ने उल्लेख गरिएको छ ।

प्रदेश सरकारको निर्देशन नमान्नेहरूलाई कानून अनुसार कडा सजाय हुने चेतावनी पनि दिएको छ । प्रदेशका मुख्य सचिव विजय देवद्वारा जारी निर्देशनमा होम क्वारेन्टाइन बसे पनि हुने उल्लेख गरिएको छ । यही अप्रिल ४ देखि १७ सम्म कुम्भ मेलामा गएकाहरूले २४ घण्टा भित्र आफ्नो विवरण प्रदेश सरकारलाई उपलब्ध गराउन पनि आह्वान गरिएको छ ।

कुम्भ मेलामा सहभागी भएका मध्ये १७ सयभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको थियो । लाखौं मानिस सहभागी भएको हिन्दुहरुको महान मेलामा मास्क लगाउनु पर्ने, सामाजिक दुरी कायम गर्नु पर्नेलगायतका आधारभूत मापदण्डहरू खुलेआम उल्लंघन भएको थियो ।

दिल्लीमा मात्रै पछिल्लो २४ घण्टामा २४ हजार ३७४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । एकै दिन संक्रमित भएकाहरूको संख्या यो नै अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ४ : ५० बजे

माधवलाई ओलीको कटाक्ष- ‘प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक गर्दछन्’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका

इन्डोनेसियामा बाढी र पहिरोबाट १५ जनाको मृत्यु

काठमाडौं– मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा

वायु प्रदूषण नियन्त्रणको माग गर्दै काठमाडौंमा प्रदर्शन 

काठमाडौं– देशभर बढेको वायु प्रदूषण नियन्त्रणका लागि पहल गर्न माग

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

पाटन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको विकास,

सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत दिन एमालेको असहयोग 

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको बैठक स्थगित भएको छ ।  मुख्यमन्त्री दीर्घ