मोरङमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु | Khabarhub Khabarhub

मोरङमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । बुढिगंगा गाउँपालिका – ४ नेमुवा चौकस्थित कोशीराजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको हो ।

आइतबार बिहान सवा १० बजे उत्तर जाँदै गरेको ना ६ ख ३०४० नम्बरको ट्रकले को ९ प २६८१ नम्बरको मोटरसाईकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा मोटरसाईकल चालक विराटनगर १४ जतुवाका ४५ बर्षीय अन्जनी सिंह गम्भीर घाईते भएका थिए ।

घाईते सिंहको बिराट मेडिकल कलेज गंगाचौकमा उपचारको क्रममा बिहान पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ट्रक चालक बारा निजगड कोल्बी नगरपालिका – २ का ३२ बर्षीय भिमबहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  १ : ५५ बजे

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

आगोमा परी अर्घाखाँचीमा चार वर्षीया बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर