प्रिमियरमा रुचाइयो ‘कमेडी च्याम्पियन सिजन २’ | Khabarhub Khabarhub

प्रिमियरमा रुचाइयो ‘कमेडी च्याम्पियन सिजन २’


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’को ग्राण्ड प्रिमियर गरिएको छ । काठमाडौंको छाया सेन्टरमा ‘सिजन २’ को पहिलो भाग देखाइएको हो ।

प्रिमियरमा उत्कृष्ट २४ मा परेका प्रतियोगी चिनाइएको थियो । जज मनोज गजुरेल र हाँस्यकलाकार सुवोध गौतमको प्रस्तुतिबाट सुरु गरिएको पहिलो भागमा टप २४ मा परेका ४ प्रतियोगीको प्रस्तुति देख्न सकिन्छ ।

प्रतियोगिताको सुरुवातमा सिक्किमका विक्की अग्रवालले प्रस्तुति दिए । कैलाश कार्की, सन्तोष थापा र सुन्दर खनालले पनि पहिलो भागमा नै आफ्नो प्रस्तुति दिएका छन् । यी चारै प्रतियोगीको प्रस्तुतिलाई जजले राम्रो प्रतिक्रिया दिए ।

जजले रुचाएका यी चार प्रस्तुतिलाई प्रिमियरमा उपस्थित व्यक्तिहरुले पनि निकै रुचाए ।

‘कमेडी च्याम्पियन सिजन २’ को प्रशारण २१ फागुनबाट नै सुरु भएको थियो । तर, फिजिकल अडिसनबाट उत्कृष्ट २४ छानेपछि मात्रै ग्राण्ड प्रिमियर गरेको हो ।

यस वर्ष कमेडी च्याम्पियनमा सहभागी हुन ६ हजार भन्दा बढी डिजिटल अडिसन प्राप्त भएको थियो । जसबाट १ सय २० जनालाई फिजिकल अडिसनका लागि बोलाइएको थियो ।

शोमा यस वर्ष पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा जज छन् । विशाल भण्डारीको निर्देशन रहेको यस शोका कार्यकारी निर्माता केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी र राज घिमिरे हुन् ।

कमेडी च्याम्पियन हरेक शुक्रबार र शनिबार कान्तिपूर टिभीमा प्रशारण हुन्छ । त्योसँगै यस शोलाई ‘ओएसआर रियालिटी’ नामक युट्युब च्यानलमा पनि हेर्न सकिन्छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ९ : २० बजे

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार