नेपालसहितको त्रिदेशीय फुटबल हेर्न ७ सय र १५ सयको टिकट | Khabarhub Khabarhub

नेपालसहितको त्रिदेशीय फुटबल हेर्न ७ सय र १५ सयको टिकट


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबल हेर्न टिकट दर सात सय र १५ सय रुपैयाँ तोकिएको छ ।

यही चैत १० देखि १६ गतेसम्म नेपाल, बंगलादेश र कीर्गिस्तान सहभागी त्रिदेशीय फुटबल प्रतियोगिता हुँदैछ ।

उक्त खेल हेर्न साधारणतर्फ सात सय र विशिष्टतर्फ १५ सय रुपैयाँ टिकट तोकिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । रंगशालामा १५ हजार दर्शक क्षमता भए पनि १२ हजार वटा टिकट मात्र बिक्री गरिने एन्फाले जनाएको छ ।

जनरलतर्फ ७०० र भीआईपीतर्फ १५०० वटा टिकट बिक्री गरिने एन्फा प्रवक्ता किरण राईले बताए । यो प्रतियोगिता सञ्चालन गर्न १ करोड रुपैयाँ खर्च लाग्ने र टिकट बिक्री तथा टेलिभिजन प्रशारण अनुमति बिक्रीबाट १ करोड ५० लाख आम्दानी गर्ने लक्ष्य रहेको राईले जानकारी दिए ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बिहीबार आयोजित पत्रकार सम्मेलमा प्रवक्ता राईले बताए ।

प्रतियोगिताको विजेताले ५ हजार डलर र दोस्रो हुनेले ३ हजार डलर पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले पाँच सय डलर र हरेक खेलको म्यान अफ दि म्याचले २५० डलर पुरस्कार पाउनेछन् ।

त्रिदेशीय कपमा नेपाल, बंगलादेश र कीर्गिस्तानबीच राउण्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछ ।

अहिले नेपाली फुटबल टिम यही प्रतियोगिताको तयारीमा छ । प्रतियोगितामा सहभागी हुन बंगलादेशको टोली बिहीबार काठमाडौं आउँदैछ भने कीर्गिस्तानको टोली २१ मार्च अर्थात चैत ८ गते आउनेछ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ३ : २५ बजे

नारायणगढ-मुग्लिन सडकमा निर्माणाधीन पुलको काम तीव्र

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी, व्यवस्थापनमा समस्या

दमौली– जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं– रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर

आजको मौसम : चट्याङ-हावाहुरीसहित वर्षा 

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार