हिन्दु धर्माबलम्बीले तिलक लगाउने कारण यस्तो ? | Khabarhub Khabarhub

हिन्दु धर्माबलम्बीले तिलक लगाउने कारण यस्तो ?


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु सनातन धर्ममा टीका वा तिलक लगाउनु अत्यन्त महत्वपुर्ण मानिन्छ । कुनै पनि पुजापाठ होस् वा धार्मिक कार्य वा कुनै शुभ मांगलिक कार्य होस् हिन्दुहरु टीका र तिलक लगाउने गर्दछन् ।

धार्मीक कार्यमा मात्र होइन, कतै यात्रा निस्कनु परे, परीक्षामा जानु अघि वा कुनै कामको शुरुवातमा समेत हिन्दुहरु निधारमा टीका र तिलक लगाउने गर्दछन् । तर किन हिन्दुहरु निधारमा टीका वा तिलक लगाउँछन् त ?

मानिसको शरीरमा ऊर्जाका ७ स–सना केन्द्र हुने गर्दछ जसलाई हिन्दुहरु चक्र भन्दछन् । यो चक्रमा अपार शक्ति हुने धार्मीक मान्यता छ । तिलक वा टीको निधारको बिचमा लगाउँदा ठिक यो चक्रमाथि पर्दछ । जो ७ चक्रमध्येको सबैभन्दा महत्वपूर्ण मानिन्छ ।

निधारको चक्रलाई आज्ञा चक्र भनिन्छ । जो स्पष्टता र बुद्धिको केन्द्र मानिन्छ । यसैमा शरीरका ३ प्रमुख नाडि – चन्द्र नाडी, सूर्य नाडी र केन्द्रीय, मध्य नाडीको आएर मिलेको हुन्छ । यहीँबाट पूरै शरीरको सञ्चालन गर्ने धार्मीक मान्यता छ ।

तिलक वा टीका हमेशा आज्ञा च्रकमाथि लगाइन्छ । तिलक वा टीका लगाउँदा साईली अर्थात अनामिका औलाद्वारा लगाउनु पर्दछ । यसो गर्नाले मान–सम्मान र प्रतिष्ठा प्राप्त हुने मान्यता छ ।

तिलक लगाउनुको फाइदा
– धार्मिक मान्यता अनुसार चन्दनको तिलक लगाउदाँ मनुष्यको पाप नाश हुन्छ । साथै कैयौं समस्याहरु नष्ट भएर जान्छ । चन्दनको तिलक लगाउदा सौभाग्य वृद्धि हुने मान्यता छ ।

– मानसिक शान्ति र ऊर्जाको प्राप्तिकालागी तिलक लगाउनु लाभदायक मानिन्छ । मान्यता अनुसार तिलक लगाउँदा व्यक्तिको स्वभावमा सुधार आउँछ ।

– ज्योतिष शास्त्रको मान्यता अनुसार तिलक वा टीको लगाउँदा ग्रहको शान्ति हुने गर्दछ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  १ : २६ बजे

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका