ओस्कार मनोनयन : चलचित्रमा प्रभावकारी महिला उपस्थिति | Khabarhub Khabarhub

ओस्कार मनोनयन : चलचित्रमा प्रभावकारी महिला उपस्थिति


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यस वर्षको ओस्कार अवार्डका लागि मनोनयन सार्वजनिक भएको छ । विगतको भन्दा यो वर्षको अवार्ड महिलाका लागि उत्साहप्रद बनेको छ ।

एमराल्ड फेनल र छोले झावो  उत्कृष्ट निर्देशकको मनोनयनमा परेका छन् । एकै संस्करणमा दुई महिला निर्देशक मनोनयमा परेको यो पहिलोपटक हो । झावो मनोनयनमा पर्ने पहिलो रेड अमेरिकन या एसियाली मुलकी महिला हुन् ।

मिथक चलचित्रको रूपमा रहेको सिटिजनका लेखक हर्मन जे. मान्किवियाजको जिवनीमा आधारित ड्रामा चलचित्र ‘म्यान्क’ १० विधामा मनोनयमा परेको छ ।

तीन अश्वेत सहायक अभिनेताको विधामा मनोनयनमा परे । ‘वान नाइट इनमियामी’ का लागि लेस्ली ओडम जुनियर तथा ‘जुडास एन्ड ब्ल्याक मेसिहा’ का लागि डानियल कालुया र लाकेथ स्ट्याफिल्ड मनोनयनमा परेका छन् ।

चर्चित श्रीमानश्रीमती निक जोनास र प्रियंका चोपडा जोनासले मनोनयन सार्वजनिक गरेका हुन् । कोरोना महामारीका कारण विगतको भन्दा ढिला हुन लागेको अवार्ड वितरण समारोह २५ अप्रिलका लागि तय भएको छ ।

उत्कृष्ट चलचित्रका लागि फादर, जुडास एन्ड ब्ल्याक मेसिहा, म्यान्क, मिनारी, नोम्याडल्यान्ड, प्रोमिसिङ यङ ओम्यान, साउन्ड अफ मेटल र द ट्रायल अफ सिकागो सेभेन मनोयनमा परेका छन् ।

यो वर्ष चर्चामा रहेको ‘म्यान्क’ डेभिड फिन्चरले निर्देशन गरेका हुन् । उनका बाबु ज्याक फिन्चरले तयार पारेको नाटकलाई नै  डेभिडले चलचित्रको रूप दिएका हुन् ।

सियान्का फिन, उर्वान्स्की डग्लस र इरिक रोथले निर्माण गरेको यो चलचित्रमा गेरी ओल्डम्यानको मुख्य भूमिका रहेको छ । अमान्डा से फ्राइड, लीली कोलिन्स र आर्लिस हवार्ड यस चलचित्रमा छाएका अन्य कलाकार हुन् ।

ज्याक फिन्चरले सन् १९९० को दशकमा नै यो नाटक लेखेका थिए । नाटक सकिए पछि ज्याकले यसलाई चलचित्रको रूप दिन चाहे । उनले केभिन स्पेसी र जुडिया फोस्टरलाई मुख्य भूमिकामा चयन गर्दै गेम नामक फिल्म बनाउने तयारी गरेका थिए ।

सन् २००३ मा यो काम अघि नबढ्दै ज्याकको निधन भयो । यसछि ज्याकका छोरा डेभिडले सन् १९१९ मानया परियोजनाको रूपमा अगाडि बढाए । माथिल्लो तहको प्रविधियुक्त क्यामराले छायांकन गरिएको यो श्यामस्वेत चलचित्र हो ।

सन् २०२० को नोभेम्वर १३ मा रिलिज भएको यो फिल्म डिसेम्बर ४ बाट नेटफ्लिफक्समा थियो । समीक्षकहरूले सकारात्मक प्रतिक्रिया दिन थाले । फिल्म निर्देशनको खुलेर प्रशंसा हुन थाल्यो, अभिनयको तारिफ भयो । ओल्डम्यान र से फ्राइडको अभिनय सबैले मन पराए ।

‘म्यान्क’ ओस्कार अर्थात ९३औँ एकेडेमी अवार्डका लागि उत्कृष्ट चलचित्र, उत्कृष्ट अभिनेता र उत्कृष्ट सहअभिनेत्री लगायत १० विधामा मनोनयनमा पर्न सफल भएको हो । यसैगरी, ७८औँ ग्लोबल ग्लोब अवार्डममा यो चलचित्र ६ विधामा मनोनयमा परेको छ ।

मनोनयनमा परेको ‘मिनारी’ कोरियाली जनजीवनसँग सम्बन्धित चलचित्र हो । लिइसाक चङले लेखेको र उनैले निर्देशन गरेको यो चलचित्रमा स्टेभन एहु, हान ए री, एलन किम र नोइल काटे चोले अभिनय गरेका छन् । सन् १९८० को दशकमा एक कोरियाली परिवार अमेरिकाको गाउँमा स्थापित हुन गरेको संघर्ष कथामा उतारिएको छ  ।

जनवरी २६, २०२० मा यो चलचित्रको प्रिमियर भएको थियो । यसले सुरुमै ‘युएस ड्रामाटिक ग्रान्ड जुरी प्राइज’ तथा ‘युएस ड्रामाटिक अडियन्स अवार्ड’ जित्यो ।

डिसेम्बर ११, २०२० मा भर्चुअल रिलिज भएको यो चलचित्र यस वर्षको ओस्कार अवार्डका लागि ६ विधामा मनोनयनमा परेको छ । उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशन, उत्कृष्ट ओरिजिनल स्क्रीनप्ले, उत्कृष्ट अभिनेता, उत्कृष्ट सहअभिनेता तथा बेस्ट ओरिजिन स्कोरका लागि यो चलचित्र छनोट भएको हो ।

‘नोमाडल्यान्ड’ र ‘प्रोमोसिङ यङ ओम्यान’ लाई ओस्कारको अन्य प्रबल दाबेदार मानिएको छ । यी दुवै चलचित्रको निर्देशन, अभिनय र सम्पादन उत्कृष्ट भएका कारण दावबदार रहेको जनाइएको छ ।

ड्रामा फिल्म ‘द फादर’ प्लोरियन जेलरले पुनर्लेखन तथा निर्देशन गरेका हुन् । सन् २०१२ मै तयार भएको नाटक लिपेरेमा यो चलचित्र आधारित छ ।

एन्थोनी हप्किन्स, ओलिभिया कोलम्यान, मार्क ग्याटिस र इमोगेन पुट्सको मुख्य अभिनय रहेको यो चलचित्र २७ जनवरी २०२० मा सन्डेन्स फिल्म फेस्टिवलमा देखाइएको थियो । ११ जुन २०२१ म यो फिल्म बेलायतमा रिलिज हुँदैछ । समीक्षकहरूले हप्किन्स र कोलम्यानको अभिनयलाई अत्यधिक मन पराएका छन् ।

यो पनि अस्कर अवार्डको ६ विधामा मनोनयनमा परेको छ । यसमा उत्कृष्ट चलचित्र, उत्कृष्ट अभिनेता र उत्कृष्ट सहअभिनेत्री पनि समावेश छन् ।

७८औँ गोल्डेन ग्लोब अवार्डमा बेस्ट मोसन पिक्चर ड्रामासहित चार विधामा मनोनयनमा परेको यो चलचित्र ७४औँ ब्रिटिस एकेडेमी फिल्म अवर्डमा उत्कृष्ट चलचित्रसहित ६ विधामा मनोनयनमा परेको छ ।

छोले झावोले निर्देशन गरेको ड्रामा फिल्म नोमाडल्यान्ड पनि मनोनयनमा परेको छ । झाओले लेखको यो चलचित्रको सम्पादन पनि उनी आफैँले गरेकी हुन् ।

पश्चिम अमेरिका भ्रमण गर्न निस्केकी एक महिलाको रूपमा फ्रान्सेस म्याक डोम्र्यान्डले अभिनय गरेकी छिन् । चलचित्रमा डेभिड इस्ट्राहेरेनको सहयोगी भूमिका रहेको छ ।

२१औैँ शताब्दीमा अमेरिकाको जीवनबारे सने २०१७ मा जेसिका ब्रेडरले लेखेको ननफिक्सन नोमाडल्यान्डमा यो चलचित्र आधारित छ । ११औँ सेप्टेम्बर २०२० मा भेनाइस फिल्म भेस्टिबलमा प्रिमियर भएको चलचित्रले गोल्डेन लायन अवार्ड जितेको थियो । यसले टोरन्टो फील्म फेस्टीबलमा पिपुल्स च्वाइस अवार्ड पनि जितेको थियो ।

४ डिसेम्बर २०२० मा यसको लाइभ रिलिज एक साताका लागि भएको थियो । २९ जनवरी २०२१ मा सर्चलाइट पिक्चरले यसको प्रदर्शन गरेको थियो । १९ फेब्रुअरी २०२१ मो डिजिटलरूपमा सो भएपछि यसको लोकप्रियता अझ बढेको छ ।

समीक्षकहरूले नोमाल्यान्डलाई लामो समय उत्कृष्ट चलचित्रको रूपमा राखेका थिए । ओस्कार अवार्डका लागि यो चलचित्र ६ विधामा मनोनयनमा परेको छ । यो उत्कृष्ट फिल्मसहित उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको मनोनयनमा पनि परेको हो ।

मनोनयनमा परेको प्रोमोसिङ यङ ओम्यान कमेडी थी्रलर हो । इमराल्ड फेनेलले लेखेको, निर्देशन गरेको तथा निर्मात्री पनि रहेको यो चलचित्र मार्गेट रोबीले पनि निर्माता कम्पनी लक्कीच्याम्प इन्टरटेनमेन्टमा आबद्ध हुँदै निर्माणमा साथ दिएका छन् ।

आफ्नो नजिको साथीमाथि बालात्कार भएपछि यसको बदला लिन तल्लीन महिलाको भूमिकामा केरी मुलीगान रहेकी छिन् । बो बुहम्यान, एलीसन ब्रे र क्यान्सी ब्राउन सहयोगी भूमिकामा छन् । यो चलचित्रको सन्डेन्स फिल्म फेस्टिबलमा २५ जनवरी २०२० मा रिलिज भएको थियो ।

अमेरिकामा २५ डिसेम्बर २०२० मा फोकस फिचरमा यो देखाइएको हो । स्क्रीन प्ले, निर्देशन र मुलिगानको अभिनयका लागि समीक्षकहरूले सकारात्मक ठानेका छन् ।

यस वर्षको ओस्कार अवार्डमा उत्कृष्ट चलचित्रसहित ५ वटामा मनोनयनमा पर्नु यसको थप सफलता हो । उत्कृष्ट निर्देशकसहित मुलिगान उत्कृष्ट अभिनेत्रीको रूपमा मनोनयनमा परेकी छिन् ।

नेसनल बोर्ड अफ रिभ्युले यसलाई सन् २०२० को १० उत्कृष्ट चलचित्रमा यसलाई चयन गरेको छ । ७८औँ गोल्डेन ग्लोब अवार्डमा मुलिगान उत्कृष्ट अभिनेत्री चयन भइन् भने चलचित्र चार विधामा मनोनयनमा परेको थियो । यसमा बेस्ट मोसन पिक्चर ड्रामा पनि समावेश थियो ।

‘जुडास एन्ड ब्ल्याक मेसिहा’ सन् २०२१ म अमेरिकामा तयार भएको धोकाको विषयमा तयार भएको बायोग्राफिकल ड्रामा हो ।

सन् १९६० को दशकमा चर्चामा रहेको ब्ल्याक प्यान्थर पार्टीका प्रमुख फ्रड्रिक ह्याम्पटनको भूमिकामा डानिल कालुया तथा उनलाई धोका दिने सरकारी जासुस वलियम ओनेलको भूमिकामा लाकेथ स्ट्यानफिल्डले अभिनय गरेका छन् । जेसे प्लेमोन्स, डोमिनिक फिसब्याक र आस्टन सान्डर्स अन्य स्टारको रूपमा रहेका छन् ।

केनी तथा केथ लुकासको जोडीले लेखेको कथामा साका किङले पटकथा तयार पार्दै निर्देशन र निर्माण गरेका हुन् । सन् २०२१ को फेब्रुअरी १ मा सन्डेन्स फिल्म फेस्टिबलमा प्रिमियर भएका यो चलचित्र वार्नर ब्रोस पिक्चरले १२ फेब्रुअरीमा रिलिज गरेको हो ।

लुकास दाजु भाइ् र विल बर्सन यसै चलचित्रको कथालाई मूर्तरूप दिन सन् २०१४ देखि ह्याटनको कार्यालयमा पुगेका थिए ।

सन् २०१९ मा फिल्म तयार पार्नका लागि किङलाई अनुबन्ध गरियो । यस चलचित्र ओस्कारका कुल ६ वटा विधामा मनोनयनमा परेको छ । स्ट्यान्फिल्ड र कालुया मनोनयनमा रहेका छन् ।

अमेरिकी ड्रामा फिल्म साउन्ड अफ मेटल डारियस मर्डरले पुनर्लेखन तथा निर्देशन गरेका हुन् । रिज अहमद, ओलिभिया कुक पाउल रासी र लाउरेन रिडलफले अभिनय गरेको यो चलचित्र श्रवण शक्ति गुमाएका एक मेटल ड्रमरको जीवनमा आधारित चलचित्र हो ।

ओस्कार मनोनयनमा धेरै महिलामात्र होइन महिलाको नेतृत्वदायी भूमिका रहेका धेरै चलचित्र परेका छन् । महिला निर्देशक र अभिनेत्रीको सफलता धेरै देखिएको छ । विश्व चलचित्र महिला नेतृत्वमा रहने सम्भावना बढेको छ ।

६ सेप्टम्बर १९१९ मा टोरन्टो फिल्म फेस्टिवलको प्ल्याटफर्म प्राइज कार्यक्रममा यो चललचित्र पहिलो पटक प्रिमियर भएको थियो । २० नोभेम्बर २०२० मा रिलिज भएको यो चलचित्र अमेजन स्टुडियोले ४ डिसेम्बर २०२० मा डिजिजल स्वरूपमा ल्याएको थियो ।

समीक्षकहरूले अहमद र रासीको अभिनय मन पराएका छन् । यो ओस्कार अवार्डका लागि ६ विधामा मनोनयनमा परेको छ । उत्कृष्ट चलचित्र, उत्कृष्ट ओरिजिनल स्क्रीन प्ले, उत्कृष्ट अभिनेता, उत्कृष्ट सहअभिनेता र साउन्ड सिस्टमका लागि समेत यो चलचित्र मनोनयनमा परेको हो ।

अहमद ७८औँ गोल्डेन ग्लोब अवार्डमा पनि मनोनयनमा परेका थिए । यसैगरी उनी २७औँ स्क्रीन एक्टर गुइल्ड अवार्ड, ७४औँ ब्रिटिस एकेडेमी फिल्म अवार्ड र २६औँ क्रिटक्स च्वाइस अवार्डमा पनि मनोनयनमा परेका थिए ।

अमेरिकन फिल्म इन्स्टिच्युटले यसलाई वर्षको १० उत्कृष्ट चलचित्रमध्ये एक भएको घोषणा गरेको थियो । नेसनल बोर्ड अफ रिभ्युमा  अहमद उत्कृष्ट अभिनेता तथा राउसी सहअभिनेतामा मनोनयमा परेका थिए ।

आरेन सार्कोनको लेखन तथा निर्देशन रहेको ‘द ट्रायल अफ द सिकागो सेभेन’ कानुनसँग सम्बन्धित ड्रामा फिल्म हो ।

सन् १९६८ मा सिकागोमा भएको डेमोक्रेटिक नेसनल कन्भेन्सनको समयमा निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेका सात युवाको समुहलाई दङ्गा फैलाउन खोज्ने षड्यन्त्रकारीको आरोप लागेको थियो । भियतनाम युद्धको विरुद्धमा रहेका यिनीहरूकै बारेमा यो चलचित्र तयार भएको हो ।

यहा अब्दुल माटेन, साचा बारुन कोहेन, डानियल फ्ल्याचर्टी, जोसेफ गोर्डन तथा  माइकल कियोटनको यसमा मुख्य भूमिका रहेको छ । स्टेफन स्पिलबर्गलाई निर्देशन गर्न लगाउने सोचका साथ सोरकीनले सन् २००७ मा पटकथा तयार पारेका थिए ।

सन् २००७ मा अमेरिकामा भएको राइटर गुइल्ड अफ अमेरिका स्ट्राइकका कारण तथा निर्देशकले धेरै पारिश्रमिक मागेका कारण उनी हटाइए । सन् २०१८ मा सोर्किन निर्देशक घोषणा भए । सोही महिना धेरै कलाकार पनि तय भए ।

सुरुमा पारा माउन्टमार्फत प्रदर्शनको तयारी भएको यो चलचित्र पछि प्रशारण अधिकार नेटफ्लिक्सलाई दिइयो । कोभिड–१९ महामारीका कारण चलचित्र थिएटरमा नगई एकैपटक डिजिटल स्वरूपमा प्रदर्शन भएको हो ।

ओस्कारमा यो पनि उत्कृष्ट चलचित्रसहित ६ विधामा मनोनयमा परेको छ । यसमा उत्कृष्ट सहअभिनेताको मनोनयन पनि रहेको छ । ७८औँ गोल्डेन ग्लोब अवार्डमा उत्कृष्ट पटकथासहित यो चलचित्र ६ विधामा मनोनयनमा परेको हो ।

एकडेमी अफ मोसन पिक्चर आर्ट एन्ड साइन्सले दिने यो अवार्ड सन् १९२९ मा पहिलोपटक २७० जनाको उपस्थितिमा दिइएको थियो । यसले ९३औँ संस्करण पार गर्दा चलचित्र र प्रविधिमा मात्र होइन मान्छेको जीवन शैली र विकास क्रममा पनि प्रभाव देखिएको छ ।

संसारको राजनीतिक घटनाक्रममा देखिएको उतारचढाव पनि चलचित्र क्षेत्रले प्रस्तुत गर्ने गरेको छ । यसै उत्कृष्ट प्रस्तुतिलाई यो एकेडेमीले ९३ वर्षअघिदेखि पुरस्कृत गर्दै आएको हो ।

हरेक संस्करणका आफ्ना विशेषता छन् । सन् १९५९ मा बेन हर, सन् १९९७ मा टाइटानिक र सन् २००४ मा द रिटर्न अफ किङले १० विधामा अवार्ड जितेका थिए ।

यिनलाई हालसम्मका सफल चलचित्र ठहर गरिएको छ । यसपटक कुनै चलचित्रले त्यो सफलता पाउने सम्भावना त देखिँदैन परन्तु यस पटकका केही विशेषता रहेका छन् ।

महिलाहरूको धेरै मनोनयन मात्र होइन महिलाको नेतृत्वदायी भूमिका रहेका धेरै चलचित्र मनोनयनमा परे । बजारमा यिनीहरूले सफलता पाइसकेका छन् । महिला निर्देशक र महिला अभिनेत्रीको सफलता यो वर्ष धेरै देखियो । सन् २०२० र २०२१ शायद विश्व चलचित्र महिला नेतृत्वको सेरोफेरोमा रहने सम्भावना देखिएको छ । (एजेन्सीहरूको सहयोगमा)

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ९ : ५८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र