च्याम्पियन्स लिग फुटबलको क्वाटर फाइनल समीकरण पूरा | Khabarhub Khabarhub

च्याम्पियन्स लिग फुटबलको क्वाटर फाइनल समीकरण पूरा


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतियोगिता च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

बुधबारबाट अन्तिम १६ को खेल सकिएसँगै प्रतियोगिताको अन्तिम आठमा पुग्ने टोली टुंगिएका हुन् ।

यस सिजन अन्तिम आठमा इंग्लिस क्लबको वर्चश्व रहेको छ । इंग्ल्यान्डका तीन क्लबले अन्तिम आठमा स्थान बनाएका छन् ।

इंग्ल्यान्डबाट लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटीले अन्तिम आठमा स्थान बनाएका छन् ।

यस्तै जर्मनीबाट साविक विजेता बायर्न म्युनिख र बोरुसिया डर्टमण्डले अन्तिम आठमा स्थान पक्का गरेका छन् ।

फ्रान्सबाट पेरिस सेन्ट जर्मेन (पीएसजी), स्पेनको रियल मड्रिड र पोर्चुगलको एफसी पोर्टोले क्वाटरफाइनलमा स्थान बनाएका छ । क्वाटरफाइनलको ड्र शुक्रबार सार्वजनिक हुनेछ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ८ : ३५ बजे

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको