आईपीएलको नयाँ सिजनका लागि बिकेनन् सन्दीप | Khabarhub Khabarhub

आईपीएलको नयाँ सिजनका लागि बिकेनन् सन्दीप


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल)को नयाँ सिजनका लागि नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कुनै पनि टोलीले लिएन ।

लगातार तीन सिजन दिल्ली क्यापिटल्सबाट खेलेका लामिछाने बिहीबार भएको खेलाडीको ‘अक्सन’मा बिकेनन् ।

अक्सनमा सर्वाधिक १६ करोड २५ लाख भारतीय रुपैयाँमा राजस्थान रोयल्सले दक्षिण अफ्रिकी खेलाडी क्रिस मोरिसलाई किन्यो।

मोरिस आईपीएलमा अहिलेसम्मकै सबैभन्दा महँगा खेलाडी बने।  यस्तै १४ करोड २५ लाख भारतीय रुपैयाँमा अस्ट्रेलियन खेलाडी ग्लेन म्याक्सवेललाई रोयल च्यालेन्जर्स बैंग्लोरले किनेको छ।

उनका लागि सुरुवाती रकम २ करोड भारतीय रुपैयाँ रहेको थियो।

आईपीएलको १४औँ संस्करण आगामी अप्रिलदेखि मेको समयमा हुने तयारी छ।

सन्दीपलाई दिल्ली डेयरडेभिल्सले सन् २०१८ मा पहिलोपटक आईपीएलका लागि आबद्ध गरेको थियो। उनी आधारमूल्य २० लाख भारुमा आबद्ध भएका थिए।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ६ : २३ बजे

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा