गागाले गाँजा खाँदै गीत गाएपछि... | Khabarhub Khabarhub

गागाले गाँजा खाँदै गीत गाएपछि…


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स–अमेरिकी गायिका लेडी गागा आफ्नो गीतसँगै काम गर्ने शैलीबाट पनि चर्चामा आइरहन्छिन् । गत साता एम्स्टर्डममा उनले गीत गाइरहँदा दर्शकहरु उनको गीतमा जति झुमे, गागा आफैं पनि भित्र भित्रै झुमिरहेकी थिइन् ।

यो कन्सर्टमा उनले गीत गाइरहँदा बीच–बीचमा गाँजा सेवन गरेकी थिइन् । उनले दर्शकलाई आफूले निकै लामो समयदेखि गाँजा लिइरहेको बताइन् ।

‘यसले मेरो जिन्दगीलाई बदलेको छ । मैले मदिरा निकै कम गरेकी छु । मेरा लागि यो आत्याधमिक यात्रा हो’, कन्सर्टको दौरानमा खिचिएको एक भिडियोमा उनले भनेकी छन् ।

उनले आफ्ना लागि मनको कुरा गर्ने उपयुक्त समय नै कन्सर्ट रहेको जनाएकी छन् । त्यहीकारण उनी आफ्ना लाखौं फ्यानमाझ यो कुरा सार्वजनिक गर्न चाहन्थिन् ।

उनले यो कुरा सार्वजनिक गरे पनि सामाजिक सञ्जालमा भने उनलाई गालीको वर्षा नै भएको छ । कतिपयले उनलाई गलत ‘रोल मोडल’ भनेका छन् कतिपयले गीतमा मात्र ध्यान दिन आग्रह गरेका छन् ।

ब्लेनहिम सीडीपीका प्रमुख जोन जोलीले गागाको कुराले लागुऔषध छोड्न चाहने समूहका लागि गलत सन्देश प्रवाह गरेको बताए । गागाको भनाइले यो समस्या अझ बढ्ने जोनको बुझाइ छ ।
–एजेन्सी

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ६ : ५० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर